पाकिस्तानमा सन् २०२२ को जस्तै बाढी आउने भय !
सारांश
- पाकिस्तानमा भारी वर्षाको चेतावनी, हिमताल फुट्ने खतरा रहेको छ।
- विपद् व्यवस्थापन प्राधिकरणले २०२२ जस्तै विनाश निम्त्याउन सक्ने बताएको छ।
- खैबर पख्तुनख्वा प्रान्तमा मनसुनी वर्षाका कारण हिमताल फुट्ने चेतावनी दिइएको छ।
इस्लामवाद । पाकिस्तानलाई यतिबेला २०२२ जस्तै विपत्तिको भय छ । आगामी हप्ता उत्तर पूर्वी क्षेत्रमा थप मुसलधारे वर्षा हुने प्रक्षेपण आइरहँदा त्यहाँको सरकारले यस सम्बन्धमा अलर्ट जारी गरेको हो ।
भारी वर्षाका कारण हिम तालमा पानी भरिएको अनि यसका कारण ताल फुट्ने खतरा भएको अलर्टमा भनिएको छ । यदि यस्तो भयो भने, यसले ठुलो विनाश निम्त्याउन सक्ने बताइएको छ । २०२२ को सुरुमा बाढीले पाकिस्तानमा ठुलो विनाश गरायो ।
१७०० भन्दा बढी मानिसहरूको मृत्यु भयो । अहिले खैबर पख्तुनख्वा प्रान्तमा गएको वर्षको सोही अवधिको तुलनामा भारी मनसुनी वर्षा भइरहेको छ ।
यसका कारण मौसम विभागले भारी वर्षाका कारण हिम ताल भरिएर फुट्न सक्ने चेतावनी जारी गरेको पाकिस्तानको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता अनवर शहजादले शनिबार भनेका छन् ।
महिनाको सुरुमा पनि अधिकारीहरूले निरन्तर उच्च तापक्रमका कारण हिमाली क्षेत्रमा हिमनदी पग्लने गति बढेको चेतावनी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिचको पछिल्लो लडाईंप्रति रुसको चिन्ता
-
रोष्ट्रममा परराष्ट्रमन्त्री बोलिरहे, हर्क साम्पाङले उभिएर विरोध गरिरहे (तस्बिरहरू)
-
इरानले गर्याे अमेरिकी सैन्य आक्रमणको निन्दा
-
चन्द्रमाको अँध्यारो हिस्साबाट ल्याइएको माटोको नमुना रुसी वैज्ञानिकलाई दिइयाे
-
हाँसिरहेका प्रहरी महानिरीक्षकलाई जब प्रभातले रुवाए...
-
आफ्नो भारत भ्रमण र बालेनको विवादित अभिव्यक्तिबारे यस्तो छ परराष्ट्रमन्त्रीको प्रष्टीकरण (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण