सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय व्यवसायी महासङ्घकी उपाध्यक्ष खड्का जनमत पार्टीमा प्रवेश

आइतबार, ११ साउन २०८२, १८ : १६
आइतबार, ११ साउन २०८२

काठमाडौँ । राष्ट्रिय व्यवसायी महासङ्घकी प्रथम उपाध्यक्ष लक्ष्मी खड्का जनमत पार्टीमा प्रवेश गरेकी छन् । आइतबार काठमाडौँको मध्य बानेश्वरस्थित पार्टी कार्यालयमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले उनीहरूलाई पार्टीमा स्वागत गरे । 

खड्कासहित विभिन्न व्यवसाय र पेसामा संलग्न उद्योगी–व्यवसायीहरू पार्टीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेशपछि जनमत पार्टीका अध्यक्ष डा. राउतले स्वागत मन्तव्य दिँदै पार्टी सबै जात, वर्ग, भाषा, संस्कृति र समुदायको साझा राजनीतिक थलो भएको स्पष्ट पारे । 

उनले लोकतन्त्र, समावेशिता र सामाजिक न्यायमा आधारित नयाँ राजनीतिक संस्कृतिका लागि जनमत पार्टी प्रतिबद्ध रहेको बताए ।पार्टी प्रवेश गरेसँगै खड्कालाई बागमती प्रदेश समिति खस–आर्यका राष्ट्रिय संयोजक दिइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप