अछाममा प्रहरीद्वारा गाँजाका बोटहरू नष्ट
सोमबार, १२ साउन २०८२, १४ : ३०
सारांश
- अछाममा प्रहरीले करिब १८०० गाँजाका बोटहरू नष्ट गरेको छ।
- मंगलसेन नगरपालिकाका उपप्रमुखको नेतृत्वमा जनप्रतिनिधि र समाजसेवीहरूको उपस्थितिमा गाँजा फडानी गरिएको हो।
- प्रहरीले 'समुदाय प्रहरी साझेदारी अवधारणा' अन्तर्गत अवैध गाँजा फडानी अभियान चलाएको छ।
धनगढी । अछाममा प्रहरीले गाँजाका बोटहरू नष्ट गरेको छ।
आइतबार मंगलसेन नगरपालिका–१४ कालागाउँ, दाईजेपानी, भगवतीटोलमा प्राकृतिक रूपमा उम्रिएर फैलिएका अन्दाजी १ हजार आठ सय गाँजाका बोटहरू पूर्ण रूपमा फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो ।
मंगलसेन नगरपालिकाका उप–प्रमुख सङ्गीता रावलसोडारीको अध्यक्षतामा स्थानीय जनप्रतिनिधि, समाजसेवीहरूको सक्रियतामा जिल्ला प्रहरी कार्यालय अछामको मातहत अस्थायी प्रहरी पोस्ट कालागाउँ अछामबाट खटिगएको प्रहरी टोलीले उक्त गाँजाका बोटहरू नष्ट गरेको छ।
‘समुदाय प्रहरी साझेदारी अवधारणा’ अनुरूप अवैध गाँजा फडानी विशेष अभियान अन्तर्गत अछाम प्रहरीले गाँजाका बोटहरू नष्ट गर्ने काम गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण