बेपत्ता हायू परिवार
सिन्धुली घटना : हायू परिवारका ४ जना पोखरामा भेटिए
सोमबार, १२ साउन २०८२, २१ : २०
काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ बाट बेपत्ता भएका १५ जनामध्ये चारजना पोखरामा भेटिएका छन् ।
उर्मिला हायुका परिवारका व्यक्तिहरू साेमबार पोखरामा भेटिएको खबर आएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले रातोपाटीलाई बताए ।
उनले भने, ‘चार जना छन् भन्ने जनकारी आएको छ । तर, कति जना छन् भन्नेबारे कास्की प्रहरीसँगको समन्वयमा यकिन गर्दै छौँ ।’
कास्कीका प्रहरी उपरीक्षक(एसपी) श्यामबावु ओलियाले पोखराको गगन गौंडा स्थित चन्द्र भण्डारीको घरमा ४ जना हायू परिवारका सदस्यहरू भेटिएको बताए ।
उनले भने, ‘चार जना एउटा घरमा बसेको खबर आएपछि त्यहाँ प्रहरी टोली पठाएको छु ।’
यसअघि करिब ४ महिना पहिलेदेखि काठमाडाैँमा श्रीमान्सँग बस्दै आएकी उर्मिला हायूकी माइली छोरी २१ वर्षीया सुजता हायू प्रहरीकाे सम्पर्कमा आएकी थिइन् । गत शुक्रबारदेखि हायू परिवार बेपत्ता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण