बेपत्ता हायू परिवार
अपडेट : हायू परिवारकी सुजता आइन् प्रहरीको सम्पर्कमा
सोमबार, १२ साउन २०८२, २० : २२
सारांश
- सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट एकै परिवारका १६ जना बेपत्ता भएका थिए।
- बेपत्ता परिवार मध्ये एक जना, सुजाता हायू, सम्पर्कमा आएकी छिन्।
- हायू परिवार गत शुक्रबारदेखि बेपत्ता भएको बताइएको छ।
काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पाबाट एकै परिवारका १६ जना बेपत्ता भएका मध्ये एक जनासँग प्रहरीको सम्पर्क भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौँमा बस्ने हायू परिवारकी माइली छोरी सुजता हायू सम्पर्कमा आएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक(डीएसपी) सूर्यप्रकाश सुवेदीले राताेपाटीसँग भने,'हायू परिवारकी माइली छाेरी सुजता हाम्राे सम्पर्कमा आएकी छन् ।उनी गाउँमा आएकी छैनन्, हायू परिवारकी माइली छोरी हुन् । उनी पहिलेदेखि नै श्रीमान्सँग काठमाडौँमा बस्दै आएको खुलेको छ ।'
सोमबार गाउँपालिकाले सुजतासहित हायू परिवारका १६ जना बेपत्ता भएको भन्दै उनीहरूको नामावली सार्वजनिक गरेको थियो । गत शुक्रबारदेखि हायू परिवार बेपत्ता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण