पूर्व श्रीलङ्काली क्रिकेटर सिल्भा हङकङको नयाँ मुख्य प्रशिक्षक नियुक्त
सारांश
- कौशल सिल्भालाई हङकङ पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ।
- सिल्भाले सन् २०११ देखि २०१८ सम्म ३९ टेस्ट खेलेका थिए र उनले श्रीलंका, इंग्ल्याण्ड र अस्ट्रेलियामा प्रशिक्षण गरिसकेका छन्।
- हङकङले एसिया कपमा अफगानिस्तानसँग खेल्नेछ र समूह 'बी' मा बंगलादेश र श्रीलंकासँगै रहेको छ।
हङकङ । एसिया कप अभियानअघि पूर्व श्रीलङ्काली टेस्ट क्रिकेटर कौशल सिल्भालाई हङकङ पुरुष राष्ट्रिय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ। हङकङले सेप्टेम्बर ९ मा अफगानिस्तानसँग प्रतियोगिताको उद्घाटन खेल खेल्नेछ।
सन् २०११ देखि २०१८ सम्म ३९ टेस्ट खेलेका सिल्भाले सन् २०१९ मा खेलाडी जीवनबाट सन्यास लिएका थिए । त्यसपछि उनले श्रीलङ्का, इंग्ल्याण्ड र अस्ट्रेलियामा प्रशिक्षण गरिसकेका छन्। यद्यपि, ३९ वर्षीय सिल्भाले कुनै अन्तर्राष्ट्रिय टोलीको नेतृत्व गर्ने यो पहिलो पटक हुनेछ।
उनी प्रथम श्रेणी क्रिकेटमा एक उत्कृष्ट विकेटकिपर-ओपनर थिए। २०९ खेलमा उनले ४१ शतकसहित १३ हजार ९३२ रन बनाएका थिए, जसमध्ये तीन शतक टेस्ट क्रिकेटमा थिए।
क्रिकेट हङकङका अध्यक्ष बुर्जी श्राफले एक प्रेस विज्ञप्तिमा यस नियुक्तिले बोर्डको योजनासँग मेल खाएको बताए ।
हङकङको पछिल्लो प्रतियोगिता सिंगापुरमा खेलिएको एसिया प्यासिफिक क्रिकेट च्याम्पियन्स ट्रफी थियो, जहाँ टोली मलेसियासँग पराजित भएको थियो।
हङकङ एसिया कपको समूह 'बी' मा रहेको छ । जहाँ अफगानिस्तानसँगै बंगलादेश र श्रीलङ्का रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘चमेलीको पोइ’को मुख्य भूमिकामा नारायण त्रिपाठी
-
पहिलो हाफ सकिँदा न्युजिल्यान्डविरुद्ध बेल्जियमको अग्रता, इजिप्ट–इरान बराबरीमा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानको पुनरागमन, रमिन रेजैनले बराबरी गोल गरे
-
बेल्जियमले बनायो अग्रता, न्युजिल्यान्ड दबाबमा
-
केप भर्डेले रच्यो इतिहास, साविक विजेता अर्जेन्टिनासँग भेट पक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण