पहिरो पन्छाउने प्रयास नगरेपछि वडा कार्यालयमा तालाबन्दी
मङ्गलबार, १३ साउन २०८२, १४ : ०५
सारांश
- वर्षाले सडक अवरुद्ध भएपछि स्थानीयले पुर्चौंडी नगरपालिका वडा कार्यालयमा तालाबन्दी गरेका छन्।
- विजयपुरदेखि दोगडाकेदार हुँदै सदरमुकाम जोड्ने सडकखण्ड पहिरोको जोखिममा परेको छ।
- पहिरो पन्छाउन ढिलाइ भएको भन्दै स्थानीयले गुनासो गरेका छन्, वडाध्यक्षले मेसिन बिग्रिएको बताए।
बैतडी । वर्षाका कारण अवरुद्ध भएको सडक खुलाउन माग गर्दै स्थानीयले पुर्चौंडी नगरपालिका–१० को वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
पुर्चौंडी नगरपालिका–१० विजयपुरदेखि दोगडाकेदार हुँदै जिल्ला सदरमुकाम जोड्ने प्रमुख सडकखण्ड पहिरोको जोखिममा परेपछि स्थानीयले वडा कार्यालयमा पहिरो पन्छाउन माग गर्दै वडा कार्यालयमा ताला लगाएका सोही वडाका अम्मर महराले बताए ।
उक्त सडकखण्डको भङाड बस्तीमा पहिरो खस्दा छवटा घर जोखिममा छन् । बितेका १३ दिनसम्म पनि पहिरो पन्छाउने प्रयास नभएकाले आफूहरू ताला लगाउन बाध्य भएको उनको भनाई छ।
यसैबिच, वडाध्यक्ष हिक्मतबहादुर विष्टले मेसिन बिग्रेका कारण पहिरो पन्छाउन विलम्ब भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण