मन्त्रीका चालकले एक्कासि ब्रेक लगाएर अभिवादन गर्न थालेपछि...
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी उद्घाटन कार्यक्रममा जान हुइँकिएका सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री सवार गाडी आपसमा ठोक्किएर दुर्घटनामा परेको छ ।
मन्त्रीका चालकले बाटोमा उभिएका व्यक्तिलाई अभिवादन गर्न एक्कासि ब्रेक लगाएपछि पछाडिको गाडी ठोक्किएको हो ।
प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा चिसापानीमा आयोजना गरिएको रानी जमरा कुलरिया सिँचाइ आयोजना उद्घाटन कार्यक्रममा सहभागी हुन गइरहेका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्की सवार गाडीहरू मंगलबार कैलालीको लम्कीमा एकापसमा ठोक्किएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्की बहुमुखी क्याम्पस नजिकै पुगेपछि भौतिक पूर्वाधार मन्त्रालयको से.१ झ ३३० नम्बरको कालो गाडीका चालकले बाटोमा रहेका एक व्यक्तिलाई अभिवादन गर्न एक्कासि ब्रेक लगाए । त्यही बेला पछाडिबाट तीव्र गतिमा आइरहेको कानुन मन्त्रालयको बा.२ झ १४१९ नम्बरको रातो गाडी ठोक्किएको हो ।
दुर्घटनामा मानवीय क्षति भने भएको छैन। तर, कानुनमन्त्री सवार रातो गाडीको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भई नचल्ने अवस्थामा पुगेको छ भने भौतिक पूर्वाधारमन्त्री सवार गाडीको पछाडिपट्टि क्षति पुगेको प्रहरीले जनाएको छ ।
दुवै मन्त्रीलाई अर्को गाडीको व्यवस्था गरी चिसापानी पुर्याइएको छ। यता, प्रहरीले घटनास्थलमा पुगेर दुर्घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण