३० अङ्कले बढ्यो नेप्से परिसूचक
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० दशमलव ७६ अङ्कले बढेर तीन हजार दुई दशमलव ०७ विन्दुमा कायम भएको छ । मंगलबार नेप्से एक दशमलव ०३ प्रतिशतले बढेको हो ।
आज ३२१ कम्पनीको चार करोड १८ लाख आठ हजार ९६६ कित्ता सेयर एक लाख ५७ हजार ५२५ पटक खरिदबिक्री हुँदा रु १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा विकास बैङ्क, वित्त र व्यापार समूहको उपसूचक घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी लिमिटेड र नेडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै घट्नेमा भने समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आठ दशमलव ६० प्रतिशत छ ।कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेड रु ६४ करोड ४१ लाख ३८ हजार बराबरको सेयर खरिदबिक्री भएको छ ।
सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैङ्क लिमिटेडको १८ लाख ५८ हजार २२३ कित्ता शेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण