शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कोशी विचार उत्सवको नाममा ‘बिना फाउन्डेसन’ले ठगी गरेको उजुरी

बुधबार, १४ साउन २०८२, ०६ : १७
बुधबार, १४ साउन २०८२

सारांश

  • बिना फाउन्डेसनले कोशी विचार उत्सवको भुक्तानी नगरेको भन्दै मोरङ प्रशासनमा उजुरी परेको छ।
  • फाउन्डेसनले टेन्ट हाउस, साउन्ड सिस्टम, होटल, प्रेस र विज्ञापनको रकम नदिएको गुनासो छ।
  • फाउन्डेसन सञ्चालकले ढिलोमा भुक्तानी गर्ने स्वीकारेका छन्, तर भुक्तानी दिने प्रतिबद्धता जनाएका छन्।

विराटनगर । बिना फाउन्डेसनले २०८१ फागुन १५, १६ र १७ गते आयोजना गरेको ‘कोशी विचार उत्सव’ कार्यक्रम गर्दा गरेको कामको भुक्तानी नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ । 

कार्यक्रमका लागि फाउन्डेसनले प्रयोग गरेको टेन्ट हाउस, साउन्ड सिस्टम, होटल, प्रेस छपाई, विज्ञापनलगायतको खर्च नदिएको भन्दै उजुरी परेको हो । 

उजुरीमा ट्रेड हाउस साउन्ड सिस्टम, नेशनल साउन्ड सिस्टम र गीता टेन्ट हाउसको ३ लाख, होटल स्वागतममा बसेको र खाएको २ लाख ६४८ रुपैयाँ, मयुरी डिजिटल प्रि प्रेसमा ९९ हजार, एमएनएम प्रिन्टिङ प्रेसको १ लाख १६ हजार र मकालु मिडिया प्रा.लि.को १ लाख ५० हजार रुपैयाँ नदिएको उल्लेख छ । 

‘हाम्रो रकम नदिइ फोन गर्दा आज भोली गरी रहँदा हाम्रो व्यवसाय धरासायीमा पारी ठुलो समस्या परेको हुँदा न्याय पाउन निवेदन गरेका छौँ,’ जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार दिएको निवेदनमा उल्लेख छ, ‘उक्त कम्पनीलाई प्रहरीद्वारा झिकाइ कार्यक्रममा हामीलाई खटाई हाम्रो रुपैयाँ नदिइ ठगी गर्न खोजेकोले कानुनी कडा भन्दा कडा कारबाही गरी रकम असुल उपर गरी पाउँ ।’

उता, बिना फाउन्डेसनका सञ्चालक वरुण झाले केही समय ढिलो भुक्तानी भएको स्वीकार गरे । ‘हामीले नदिने भनेका छैनौँ । उहाँहरूबाट बिल लिइसकेपछि हामीले भुक्तानी गर्नुपर्छ । ढिलो चाँडो भुक्तानी हुन्छ,’ झाले भने । 

kosi bichar (2)kosi bichar (4)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप