बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु
बुधबार, १४ साउन २०८२, १४ : ०९
सारांश
- बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
- बुढीनन्दा नगरपालिका-१ जमसालका ६१ वर्षीय मनिचन्द्र खत्रीको भिरबाट लडेर मृत्यु भएको हो।
- घाँस काट्न गएका खत्री माङ्लेगौडा भिरबाट खसेर घाइते अवस्थामा फेला परेका थिए।
बाजुरा । बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। बुढीनन्दा नगरपालिका–१ जमसाल बस्ने ६१ वर्षीय मनिचन्द्र खत्रीको भिरबाट लडेर मृत्यु भएको हो ।
खत्री घाँस काट्न टालेबिस्न लेकमा गएकोमा साँझसम्म घर नआएकोले आफन्तले खोजतलास गर्दै जाँदा माङ्लेगौडा भिरबाट अन्दाजी १०० मिटर तल खसेर घाइते अवस्थामा फेला परेका थिए।
उनलाई उपचारको लागि कोल्टी अस्पताल बुढीनन्दा, बाजुरामा पुर्याएपछि चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण