राष्ट्रिय वाणिज्य बैंकको ७ प्रतिशत डिबेञ्चर २०८८ नेप्सेमा सूचीकृत
बुधबार, १४ साउन २०८२, १७ : ५८
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ७ प्रतिशत डिबेञ्चर २०८८ नेप्सेमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज र राष्ट्रिय वाणिज्य बैंकबिच ७ वर्ष अवधि तथा ७ प्रतिशत ब्याजदर भएको एक हजार रुपैयाँ अङ्कित मूल्य रहेको २५ लाख कित्ता ऋणपत्र सूचीकरण भएको हो ।
डिबेञ्चर सूचीकरणसम्बन्धी उक्त सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले हस्ताक्षर गरेका छन् ।
उक्त ऋणपत्रको दोस्रो बजारमा शुक्रबारदेखि कारोबार सुरु हुनेछ । सूचीकरणपश्चात् दिनुपर्ने शेयर रजिस्ट्रार सेवा आरबीबी मर्चेन्ट बैंकिङ्गबाट हुनेछ बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण