शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विदेशी एयरलाइन्स कम्पनीले नेपालीलाई लतारे : पर्यटनमन्त्री पाण्डे

बिहीबार, १५ साउन २०८२, १५ : १३
बिहीबार, १५ साउन २०८२

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालसँग पर्याप्त विमान नहुँदा विदेशी एयरलाइन्स कम्पनीले नेपालीलाई लतारेको गुनासो गरेका छन् ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले नेपालसँग सीमित ध्वजाबाहक अन्तर्राष्ट्रिय विमान सीमित हुँदा यस्तो अवस्था आएको बताएका हुन् । 

‘नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स दुवै मिलेर कुल यात्रुको जम्मा ७–८ प्रतिशत मात्र बोक्ने क्षमता राख्छन्। यसको ठिक विपरीत कतार एयरलाइन्स एक्लैले ३१ प्रतिशत यात्रु बोक्छ,’ उनले भने, ‘त्यसैले उहाँहरूले हामीलाई लतारिरहनुभएको छ। विदेशी एयरलाइन्सहरूले लतार्नुभएको छ।’

यो एकाधिकारका कारण उनीहरूले टिकटको मूल्य आफूखुसी तोक्ने गरेको समेत उनको भनाइ छ । ‘अहिले उहाँहरूको मूल्यमा हामी नेपालीहरूलाई उड्न बाध्य पार्नुभएको छ,’ मन्त्री पाण्डेले भने, ‘यसको एक मात्र उपाय भनेको नेपालकै एयरलाइन्सको क्षमता बढाउनु हो, ताकि विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्न सकियोस् र मूल्यमा सन्तुलन कायम होस् ।’

यसका लागि विमान किन्ने तथा लिजमा लिएर सञ्चालन गर्ने विकल्पबारे मन्त्रालयले सोचिरहेको बताए ।

विश्वमा सञ्चालन हुने ६० प्रतिशत विमान लिजमा सञ्चालन हुने गरेको पाइएको भन्दै नेपालले पनि उचित मूल्यमा विमान लिजमा लिएर सञ्चालन गर्नेबारे छलफल गरिरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप