हृदयेन्द्रको जुम्ला ‘भ्लग’ बारे माओवादी सांसद लामाको कडा टिप्पणी
सारांश
- नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामाले पूर्व युवराज हृदयेन्द्रको जुम्ला भ्लगप्रति असन्तुष्टि जनाइन्।
- सांसद लामाले शाहको 'भ्लग' ले जुम्लालाई चिनाउन नसक्ने र राजतन्त्रको आलोचना गरिन्।
- लामाले शाहको वंशले देशलाई कंगाल बनाएको आरोप लगाउँदै, अन्य ब्लगरको योगदानको प्रशंसा गरिन्।
काठमाडौँ । पूर्व नवयुवराज हृदयेन्द्र वीरविक्रम शाहको ‘जुम्ला भ्लग’लाई लिएर नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामाले तीव्र असन्तुष्टि पोखेकी छिन् । जुम्लाको पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले बनाइएको शाहको ‘भ्लग’लाई लिएर लामाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि पोखेकी हुन् ।
शाहको ‘भ्लग’ ले यतिबेला निकै चर्चा पाएको छ । सञ्चारमाध्यमले पनि प्राथमिकताका साथ समाचार प्रकाशित गरिरहेको बेला उनले शाहले जुम्लामा प्रवेश गर्नु अपवित्र भएको टिप्पणी गरेकी छिन् ।
संघीय प्रतिनिधिसभामा जुम्लाबाट प्रतिनिधित्व गरेकी लामाले देशलाई शाहकै जिजु बाजेहरूले नै कंगाल बनाएको आरोप लगाएकी छिन् । दरबारमा भोटे कुकुरका छाउरा हुर्केझैँ ऐस आरामले हुर्केकाले जुम्लालाई चिनाउन आवश्यक नभएको लामाले आक्रोश पोखेकी छिन् ।
‘उसको पूरै वंश जिजु बाजेहरूले देशलाई कंगाल हुने गरी लुटेर दरबारमा थुपारेको धनले विदेशमा एेस आरामले बिलासी जीवन बिताइरहेको भोटे कुकुर को छाउरा हुर्के झै गरेर हुर्काएको साँढे प्रवृत्ति जस्तैले चिनाउनुपर्छ र ? जुम्लालाई चिनाउने विषयमा हृदयेन्द्र शाहको भन्दा ब्लगर सिर्जना सिज्जु लगायत धेरैको ब्लग अझ धेरै राम्रो र स्पष्ट छ तर विडम्बना सिर्जनाको ब्लगले न त कुनै सामाजिक अभियन्ताले चर्चा गर्यो न त कुनै मिडियाको हेडलाइन बन्यो। किनकि उनी राजपरिवारको सदस्य होइन’, उनले लेखेकी छिन् ।
शाहको ‘भ्लग’मा देखाइएको जुम्लाको विकास २३८ वर्षे राजतन्त्रले नभई १५ वर्षमा गणतन्त्रले गरेको उनले जिकिर गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा डा. उप्रेतीद्वारा पदभार ग्रहण
-
जनता सजग नभए संविधानमा हुने प्रतिगामी संशोधन रोक्न सकिँदैन : प्रदीप ज्ञवाली
-
एआई क्यामेरामार्फत ५९ जना पक्राउ, जेनजी प्रदर्शनमा लुटिएका १८५ हतियार बरामद
-
कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा सञ्चालनमा, वैदेशिक व्यापार लागत घट्ने अपेक्षा
-
हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड
-
तेल आपूर्तिका सबै विकल्प कमजोर, विश्व बजारमा थप संकटको खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण