दलको नेतृत्व लिएपछि कुनैपनि गुट बनाउन लाग्नु हुँदैनः मन्त्री पौडेल
सारांश
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पार्टीको नेतृत्व लिएपछि गुटबन्दी नगर्न आग्रह गरे।
- उनले पार्टीभित्र सबै सदस्यलाई समान व्यवहार गर्नुपर्ने बताए।
- राजनीति स्वार्थ त्यागेर समर्पणका साथ गर्नुपर्ने उनको भनाइ थियो।
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं कांग्रेस नेता प्रदीप पौडेलले दलको नेतृत्व लिएपछि कुनैपनि गुट बनाउन लाग्न नहुने बताएका छन् ।
शनिवार काठमाडौंमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका नेतृत्व लिएपछि कुनै एउटा गुट खडा गरेर आफ्नो गुटलाई मात्रै माया गर्ने कुरा राम्रो नहुने बताए ।
उनले पार्टीको नेता भइसकेपछि सबै सदस्यहरुलाई समान व्यवहार गर्न सक्नुपर्ने बताए ।
राजनीति कुनै स्वार्थ त्यागेर र समर्पण गरेर मात्रै गर्न सकिने उनको भनाइ थियो । उनले भने, ‘पार्टीको नेतृत्व लिएपछि त्यहाँभित्र गुट छ, गुटको सिमित मानिसहरुलाई माया गर्ने, नेतृत्व भनेको त अभियानको नेता हो नि त । त्यो अभियानलाई पूरा गर्न स्वार्थ त्यागेर सँगसँगै हिँडेको मानिस हो नि त । राजनीतिक परिभाषाले भन्दा स्वार्थले राजनीतिमा लागेको छ भन्दा राजनीतिको परिभाषाअनुसार उसले राजनीति गरेको मानिनु हुँदैन । हाम्रो नेतृत्व वा हाम्रो व्यवहारगत पक्षबाट निकै ठूलो त्रुटी छ ।’
मन्त्री पौडेलले परिवर्तनका निम्ति जोखिम मोल्न सक्नुपर्ने बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण