एमएफएन च्याम्पियन रवीन्द्रलाई बधाई दिँदै धवलशमशेरले भने– तिमीप्रति गर्व गर्छौँ
आइतबार, १८ साउन २०८२, ०७ : २७
सारांश
- नेपाली फाइटर रवीन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट जितेर च्याम्पियन बने।
- राप्रपा महामन्त्री धवलशमशेर राणा लगायत नेताहरूले ढाँटलाई सामाजिक सञ्जालमार्फत बधाई दिए।
- ढाँटले तेस्रो राउन्डमा चोंगरेंग कोरेनलाई नकआउट गर्दै एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट जिते।
काठमाडौँ । भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा च्याम्पियन बनेपछि नेपाली फाइटर रवीन्द्र ढाँटलाई बधाईको ओइरो लागेको छ । राजनीतिक दलका नेताहरूले पनि उनलाई बधाई दिइरहेका छन् ।
यसै क्रममा राप्रपा महामन्त्री धवलशमशेर राणाले सामाजिक सञ्जालमार्फत उनलाई बधाई दिएका छन् । उनले लेखेका छन्– 'बधाई छ, हामी सबै नेपालीहरू तिमीप्रति गर्व गर्छौँ। तिमीलाई अझै धेरै सफलताहरू प्राप्त गरोस् भन्ने कामना गर्दछौँ।'
टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गर्दै रवीन्द्र च्याम्पियन बनेका हुन् । तेस्रो राउन्डमा ढाँटले कोरेनलाई नकआउट गर्दै जित हासिल गरेका हुन् ।
व्यावसायिक फाइटमा नवौँ जित दर्ता गर्दै ढाँटले एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट पनि हात पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण