ब्राजिलको महिला टोलीलाई नवौँ पटक कोपा अमेरिकाको उपाधि
सारांश
- ब्राजिलले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नवौँ पटक कोपा अमेरिका महिलाको उपाधि जितेको छ।
- खेलमा कोलम्बियाले अग्रता लिए पनि ब्राजिलले इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो।
- मार्टाको दुई गोल र पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रदर्शनले ब्राजिललाई उपाधि दिलायो।
काठमाडौँ । ब्राजिलले नवौँ पटक महिलाको कोपा अमेरिकाको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनलमा कोलम्बियालाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजित गर्दै नवौँ पटक उपाधि जितेको हो ।
मार्टाले बेन्चबाट मैदान प्रवेश गरेपछि दुई गोल गर्दा टिम पेनाल्टीमा पुग्न सफल भयो । खेलमा सुरुवाती अग्रता भने कोलम्बियाले बनाएको थियो । खेलको २५ औँ मिनेटमा लिन्डा काइसेडोले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाइन् ।
पहिलो हाफको इन्जुरी समयमा एन्जेलिनाले पेनाल्टी मार्फत गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याइन् । खेलको ६९ औँ मिनेटमा ब्राजिलकी ट्राकिनीले आत्मघाती गोल गर्दा कोलम्बियाले २–१ गोलको अग्रता बनायो ।
खेलको ८० औँ मिनेटमा अमन्डाले गोल गर्दा ब्राजिल पुनः बराबरीमा आयो । खेलको ८८ औँ मिनेटमा मायरा रामिरेजले कोलम्बियाका लागि गोल गर्दै टिमलाई ३–२ गोलको अग्रता दिलाइन् । ब्राजिलका लागि बेन्चबाट आएकी मार्टाले खेलको इन्जुरी समयको छैटौँ मिनेटमा बराबरी गोल गरेर खेललाई ३–३ बनाइन् । उनले अतिरिक्त समयमा अर्को गोल गर्दै ब्राजिललाई अग्रता दिलाइन् ।
यता खेलको ११५ औँ मिनेटमा कोलम्बियाकी लेइसी सान्टोसले बराबरी गोल गर्दै खेल ४–४ गोलको बराबरीमा आयो । त्यसपछि कुनै पनि टिमले गोल गर्न नसक्दा खेल पेनाल्टीमा गयो । पेनाल्टी सुट आउटमा ब्राजिलकी गोलकिपर लोरेना डा सिल्भाले दुई पेनाल्टी बचाउँदै आफ्नो टिमलाई लगातार पाँचौँ तथा समग्रमा नवौँ कोपा अमेरिका महिला उपाधि दिलाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण