मैले भनेका कुरा गलत भए तत्काल भुक्तानी दिन्छु, गाली गर्ने भए शब्दकोषबाट शब्द खोजी खोजी गरे हुन्छ : प्रधानमन्त्री
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बोलेका कुराको भुक्तानी दिन तयार रहेको बताए।
- उनले सरकारको परिभाषा बदल्नुपर्ने र सरकार शासक नभई व्यवस्थापक र सेवक हुनुपर्ने बताए।
- ओलीले सरकार जनता र देशप्रति उत्तरदायी मात्रै नभई जिम्मेवार हुनुपर्ने कुरामा जोड दिए।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अभिव्यक्त गरेका कुराहरूको भुक्तानी कुनै पनि समयमा दिन आफू तयार रहेको बताएका छन् ।
आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारको परिभाषा बदल्नुपर्ने जरुरी रहेको बताए । सरकार शासक नभई व्यवस्थापक र सेवक भएको उनको भनाई थियो ।
देशमा सुशासन र विकास दिने काम सरकारको भएको बताए । सरकार जनता र देशप्रति उत्तरदायी मात्रै नभई जिम्मेवारसमेत बन्नुपर्ने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘गभर्मेण्ट भन्ने कुराको परिभाषा बदल्नुपर्छ । गभर्मेण्ट शासक होइन, व्यवस्थापक हो र सेवक हो । देशमा सुशासन र विकास दिने काम सरकारको हो । त्यसको बन्दोबस्त गर्ने काम सरकारको हो । एउटा जिम्मेवार सरकार जनताप्रति उत्तरदायी मात्रै होइन जिम्मेवार हुन्छ । कर्तव्यबाट निर्देशित सरकार जिम्मेवार हुनुपर्दछ । सरकारमा जो छ उनीहरूमा कर्तव्यबाट जिम्मेवार हुनुपर्छ र उनीहरुले देश र जनताप्रति जिम्मेवारी लिनुपर्छ । रिस उठेका मानिसहरूलाई गाली गर्न स्वतन्त्रता छ । गरौँ । तथ्यका आधारमा चुनौतीका साथ म भन्छु: अहिले मैले भनेका कुराहरूमा नेपाल राष्ट्र बैंकले छापेका नोटहरूमा हुन्छ, कसैले भुक्तानी माग्न आएमा रुपैयाँ यति तत्काल भुक्तान दिइनेछ । मैले भनेका कुराहरूमा पनि तत्काल भुक्तान दिनेछु, यदि मिलेन भने । अब गालीगलौज गर्न त शब्दकोष पल्टाइ पल्टाइ खोजेर गरे हुन्छ । के फरक पर्छ र ?’
प्रधानमन्त्री ओलीले आफूमाथि कसैलाई पनि गाली गर्नुछ भने शब्दकोष पल्टाएर शब्द खोजी खोजी गाली गर्न पाइने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण