लोकतन्त्र र संविधान नमान्नेहरूले नै संसद् अवरूद्ध पारेका छन् : प्रधानमन्त्री
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधान नमान्नेहरूले संसद अवरुद्ध गरिरहेको बताए।
- उनले संसद भत्काउने र आगो बाल्ने सोच भएकाहरूबाट समस्या उत्पन्न भएको जिकिर गरे।
- प्रधानमन्त्री ओलीले नेपाल श्रीलङ्का वा बङ्गलादेश नबन्ने र व्यवस्थामाथि प्रहार गर्ने विरुद्ध प्रतिकार गर्ने बताए।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधान नमान्नेहरूले मात्रै संसद् अवरुद्ध गरिरहेको बताएका छन् ।
आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले संसद् नचाहिएकाहरूले मात्रै संसद्मा अवरोध सिर्जना गरेको बताएका हुन् । अराजकता र राजा चाहिनेहरूले नै अहिले संसदमा अवरोध गरिरहेको उनको आरोप छ ।
प्रधानमन्त्री ओलीले संसद्भित्रै पसेर संसदीय व्यवस्था भत्काउने र आगो बाल्ने सोच भएकाहरूबाट वर्तमान शासन प्रणालीमा समस्या उत्पन्न भएको जिकिर गरे ।
यस्ता समस्या पुराना पार्टीहरूमा पनि रहेको र त्यसलाई हटाउनुपर्ने बताए । नयाँ राजनीतिक दलहरूले पनि संविधान र कानुनभित्र बसेर आफ्ना अभिव्यक्ति दिन स्वतन्त्रता रहेको बताए ।
प्रधानमन्त्री ओलीले नेपाल अहिले श्रीलङ्का वा बङ्गलादेश कुनै पनि नबन्ने बताए । व्यवस्थामाथि प्रहार गर्ने विरुद्ध प्रतिकार गर्न पनि तयार रहेको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण