राजीनामा
बागमती प्रदेशका मुख्यमन्त्री लामाद्वारा राजीनामा घाेषणा
आइतबार, १८ साउन २०८२, १८ : ३०
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा घाेषणा गरेका छन् । उनले आइतबार पत्रकार सम्मेलन गर्दै राजीनामा घाेषणा गरेका हुन् ।
लामा २०८१ को साउन ९ गते मुख्यमन्त्री बनेका थिए । लामाले एक वर्ष सरकारको नेतृत्व गर्दै संसदीय दलको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएपछि आज राजीनामा घाेषणा गरेका हुन् । पार्टी सभापति शेर बहादुर देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले आइतबार पदबाट राजीनामा दिएकाे घाेषणा गरेका हुन् ।
उनले भाेलि मात्रै प्रदेश प्रमुख दीपक देवकाेटालाई राजीनामा बुझाउने लामाले राताेपाटीलाई बताए । प्रदेश प्रमुख देवकाेटा स्वास्थ्य उपचारपछि आज मात्रै अस्पतालबाट डिस्चार्ज भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताको एक वर्षअघि नै बन्यो गोरखामा मोटरेबल पुल
-
विराटनगरमा शेखर कोइराला र प्रकाशरण महतबिच भेटघाट
-
गण्डकीको बजेट खर्च हालसम्मकै कमजोर, बल्लबल्ल फर्स्ट डिभिजन
-
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
-
जनसाङ्ख्यिकीय सङ्क्रमणको कोणबाट युवाका आकाङ्क्षा र राज्यको दायित्व
-
टाइफुन ‘बाभी’को कहर : चीनमा ९ लाखभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण