बुटवल–पाल्पा सडक फेरि अवरुद्ध
मङ्गलबार, २० साउन २०८२, ०८ : १६
सारांश
- सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ।
- अविरल वर्षाका कारण ढुङ्गासहितको पहिरो खसेकाले दुईतर्फी बाटो बन्द भएको हो।
- सडक अवरुद्ध भएपछि बुटवलबाट पाल्पा जाने र आउने सवारी साधन बीच बाटोमा रोकिएका छन्।
बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक अन्तर्गत तिनाउ–३ सिद्धबाबा नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार अविरल वर्षाका कारण माथिबाट ढुङ्गासहितको पहिरो खस्दा दुईतर्फी बाटो अवरुद्ध भएको हो ।
निरन्तरको वर्षाका कारण यस क्षेत्रमा सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ । वर्षाको समयमा पहिरो खस्नुका साथै ढुङ्गाहरू सडकमा खस्ने भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न र गर्नै परे सावधानी अपनाउन आग्रह गरिएको छ ।
यस अघि हिजो दिउँसोदेखि अवरुद्ध भएको सडक साँझ ७ बजेतिर खुलेको थियो । सडक अवरुद्ध भएपछि अहिले बुटवलबाट पाल्पा जाने र आउने सवारी सधान बिचबाटोमा रोकिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० को उमेरपछि मुटुलाई फिट राख्न गर्नै पर्छ यी परीक्षण
-
अस्ट्रेलियाली अभियन्तामाथि पनि दुर्व्यवहारको आरोपबारे अनुसन्धान सुरु
-
पाँच हजार तीन सय २ औषधि पसल र फार्मेसीको प्रमाणपत्र स्वतः खारेज
-
अमेरिका–इरान सम्झौतापछि ऊर्जा आपूर्ति संकट अन्त्य हुने आशा
-
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
-
सडकको नयाँ मापदण्ड मन्त्रिपरिषदबाट फिर्ता गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण