बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

वैदेशिक रोजगारीको नाममा ठगेको आरोपमा दुई जना पक्राउ

मङ्गलबार, २० साउन २०८२, २० : ५८
मङ्गलबार, २० साउन २०८२

काठमाडौँ । वैदेशिक रोजगारीको नाममा ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको मङ्गला गाउँपालिका–४ घर भएर ललितपुर बस्ने ३६ वर्षीय नर बहादुर बुढाथोकी र पाँचथरको फिदिम घर भएर टोखा बस्दै आएका ४६ वर्षीय उमेश हिङमाङ छन् ।

मंगलबार उनीहरूलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।

बुढाथोकीले युएई पठाउँछु भनेर १ लाख र हिङमाङले पनि युएई पठाउँछु भनेर ११ लाख ठगी गरेको पीडितहरुले बताएका छन् । उनीहरूलाई थप अनुसन्धान र कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप