च्याम्पियन्स लिग विजेता पोर्टोका पूर्वकप्तानको निधन
सारांश
- च्याम्पियन्स लिग विजेता पोर्टोका पूर्व कप्तान जर्ज कोस्टाको ५३ वर्षको उमेरमा निधन भएको छ।
- कोस्टाले २००४ मा जोसे मोरिन्होको नेतृत्वमा पोर्टोलाई च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए।
- कोस्टाले पोर्टोका लागि ३२४ खेल खेलेका थिए र उनले १६ वटा क्लबमा प्रशिक्षकको रूपमा काम गरे।
लिस्बन । च्याम्पियन्स लिग विजेका पोर्टोका पूर्व कप्तान जर्ज कोस्टाको ५३ वर्षको उमेरमा निधन भएको छ। क्लबको तालिम केन्द्रमा उनलाई हृदयघात भएको थियो।
कोस्टाले २००४ मा जोसे मोरिन्होको नेतृत्वमा पोर्टोलाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए। उनी पोर्चुगलका लागि ५० पटक खेलेका थिए। उनले पोर्टोको एकेडेमीबाट खेल सुरु गरेका थिए र क्लबका लागि ३२४ खेल खेलेका थिए।
उनले सन् २००५ मा क्लब छाड्नुअघि च्याम्पियन्स लिग, युईएफए कप र आठ प्रिमिएरा लिगा उपाधिसहित २४ वटा ट्रफी जितेका थिए। सन् २००१(०२ सिजनमा उनले प्रिमियर लिग क्लब चार्लटनमा लोनमा एक सिजन बिताएका थिए।
सन् २००६ मा खेलाडी जीवनबाट संन्यास लिएपछि उनी प्रशिक्षक बने र १६ वटा क्लबमा काम गरे। गत सिजनमा उनले पोर्टोको व्यावसायिक फुटबल निर्देशकको जिम्मेवारी सम्हालेका थिए।
पोर्टोले कोस्टालाई ‘समर्पण, नेतृत्व, जोश र विजयको अटुट भावना’ को प्रतीक भनेको छ। फेनेरबाचेका प्रशिक्षक जोसे मोरिन्होले आफ्ना पूर्व कप्तानको निधनमा दुःख प्रकट गरेका छन् ।
पछिल्लो समय पोर्टोका पूर्व खेलाडीहरूको यो तेस्रो अप्रत्याशित निधन हो। यसअघि डिएगो जोटा र आन्द्रे सिल्भाको पनि निधन भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण