संसद् बैठक
नैतिकता गुमाएकाले सभापति खतिवडाले राजीनामा दिनुपर्छ : रास्वपा
बुधबार, २१ साउन २०८२, १३ : ४०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्ने बताएको छ।
- रास्वपा प्रवक्ता मनिष झाले कुलिंग अफ पिरियडको व्यवस्थामा भएको चलखेलमा खतिवडाले नैतिकता गुमाएको आरोप लगाए।
- पार्टी सचिवालय बैठकले पनि खतिवडालाई नैतिकता गुमाएको भन्दै राजीनामा दिनुपर्ने निर्णय गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकता गुमाएकाले राजीनामा दिनुपर्ने बताएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा रास्वपा प्रवक्ता मनिष झाले कुलिङ अफ पिरियडको व्यवस्था माथि भएको चलखेलमा संसदीय समितिको प्रतिवेदन अनुसार समिति सभापति खतिवडाले नैतिकता गुमाएकाले राजीनामा दिनुपर्ने बताएका हुन् ।
पार्टीको सचिवालय बैठकले पनि नैतिकता गुमाएकोले खतिवडा पदमा बसिराख्न नहुने भन्दै राजीनामा दिनुपर्ने निर्णय गरेको उनले बताए ।
‘समितिको प्रतिवेदन अनुसार सभापति दोषी हो । उहाँले नैतिकता देखाउनुपर्दछ । यस्तो काम गरेर नालायकी देखाएर बस्नु भन्दा राजीनामा दिनुपर्दछ भन्ने हाम्रो बुझाइ हो,’ झाले प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण