पक्राउ
सेयर ब्रोकर जयन्त श्रीवास्तव पक्राउ
बुधबार, २१ साउन २०८२, १५ : ३४
काठमाडौँ । सेयर कारोबारको रकम ठगेको आरोपमा सेयर ब्रोकर जयन्त श्रीवास्तव पक्राउ परेका छन् ।
११ करोड ठगी गरेको उजुरी परेपछि बुधबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनी सिप्रबी सेक्युरिजिका महाप्रबन्धक हुन् ।
श्रीवास्तवले सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ भुक्तानी नदिएको भन्दै काठमाडौँ प्रहरीमा जाहेरी परेको छ ।
प्रहरी स्रोतका अनुसार मिता मुरारका अग्रवाल र ज्योती अग्रवालले आफूहरूले पाउनुपर्ने ११ करोड नपाएको भन्दै श्रीवास्तव विरुद्ध ठगीको उजुरी गरेका हुन् ।
सो विषय अर्का सेयर कारोबारी दीपेन्द्र अग्रवालसँग पनि सम्बन्धित रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्कले गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
-
स्पेनसँगको सबै व्यापारिक सम्बन्ध तोड्न ट्रम्पको आदेश
-
सर्भिस लेन कि पार्किङ स्पट ?
-
उद्योगी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार तयार छ : प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण