आकर्षक रोजगारीको प्रलोभनमा ग्रीस पुगेका कैयौँ नेपाली समस्यामा, उद्धारका लागि गुहार माग्दै
सारांश
- रोजगारीको अभावमा नेपाली युवायुवती विदेश पलायन हुँदा मानव तस्करको शिकार भइरहेका छन्।
- ग्रीसमा नेपाली कामदारहरूलाई बन्धक बनाएर श्रम शोषण गरिएको छ, जसले दूतावासको अभावमा उजुरी गर्न समस्या छ।
- मानव तस्करहरूले नेपालीहरूलाई सर्बिया र टर्की हुँदै ग्रीस पुर्याउँछन् र कृषि कार्यमा लगाउँछन्।
विराटनगर । देशमा रोजगारीका अवसर सिर्जना नभएकै कारण नेपाली युवा–युवती विभिन्न प्रलोभनमा परेर वैदेशिक रोजगारीतर्फ आकर्षित हुने गरेका छन् । नेपाली युवा–युवतीलाई सजिलै लोभ्याउन सकिने भएकाले पनि मानव तस्कर गिरोहले आकर्षक रोजगारीको लालच देखाएर कैयौँलाई विभिन्न मुलुकमा पुर्याएर अलपत्र पार्ने गरेको समाचार प्रकाशमा आइरहेको छ ।
पछिल्लो समय ग्रीसमा समेत नेपाली जनशक्तिलाई लगेर बन्धकजस्तै अवस्थामा राखेर श्रम शोषण गरेको पाइएको छ । खासगरी ग्रीसमा सयौँको संख्यामा नेपाली महिला पुगेको र तीमध्ये अधिकांशले श्रम शोषण झेल्नु परेको सूचना रातोपाटीले प्राप्त गरेको छ ।
ग्रीसमै शोषणमा परेका पीडितले दिएको जानकारी अनुसार नेपाली दूतावास नभएका कारण पनि त्यहाँ उजुरी गर्न र आवश्यक कानुनी कारबाहीका लागि सरकारी निकायसँग गुहार माग्न सक्ने अवस्था छैन ।
अस्ट्रियास्थित नेपाली दूतावासले नै ग्रीसलाई हेर्ने गरेको छ । ग्रीसमा थोरैमात्र गैर आवासीय नेपाली छन् । त्यसैले पनि मानव तस्करले पछिल्लो समय ग्रीसलाई आफ्नो धन्दाको उर्बर भूमि बनाएका छन् ।
सर्बिया, टर्की लगायतका देश हुँदै नेपालीहरूलाई मानव तस्करले ग्रीस लैजाने गर्दछन् । सेन्जेन मुलुकका सीमा क्षेत्रका देश हुँदै ग्रीसमा प्रवेश गराउन दलालहरूले १ हजारदेखि १५ सय यूरो लिने गरेको स्रोत बताउँछ । यसरी लगेका नेपालीसँग आधिकारिक दस्तावेज नहुने र लुकीछिपी बस्नुपर्ने बाध्यताको फाइदा उठाउँदै मानव तस्करले उनीहरूलाई ग्रामीण क्षेत्रमा लगेर कृषि कार्यमा लगाउने र त्यसबापतको पारिश्रमिकसमेत आफैँले लिने गरेको एक पीडितले रातोपाटीलाई जानकारी दिएका छन् ।
कतिपयलाई त नेपालबाट भिजिट भिसामा दुबई लैजाने र दुबईबाट ग्रीस पुर्याउने गरिएको पनि ती पीडितले जानकारी दिए ।
‘हामीलाई बन्धकजस्तै गरी राखेको छ,’ उनले भने, ‘महिला धेरै छन् । कृषि कार्यमा दैनिक ९–१० घण्टा खटाउँछ तर पारिश्रमिक हामीलाई दिँदैन । ५० युरो पाउने ठाउँमा हामीलाई १०–१५ युरोमात्र दिन्छ ।’
उनले रातोपाटीसँग ह्वाट्सएपमार्फत आफ्ना पीडा सुनाए पनि उक्त मोबाइलसमेत केहीबेरका लागि आफूले एक जना साथीसँग मागेर प्रयोग गरेको जानकारी दिए । ‘यसरी कुरा गरेको थाहा पायो भने शारीरिक यातनासमेत दिन्छ,’ उनले भने ।
उनले उद्धारका लागि पहल गरिदिनसमेत आग्रह गरेका छन् । नेपालमै यस्ता गिरोह सक्रिय रहेको र उनीहरूले पाकिस्तानी एजेन्टसँग मिलेर काम गरेको ती पीडितको भनाइ छ । ‘नेपाली गिरोहका सदस्यले विदेश जाने मानिस खोजी गर्ने, त्यस्ता मानिससँग निश्चित रकम लिएर दुबई वा सर्बिया लगायत सेन्जेन मुलुकका सीमा क्षेत्रसम्म पुर्याउने, अन्तिममा पाकिस्तानी एजेन्टकहाँ जिम्मा लगाएर उताबाट पनि रकम लिने गर्छन्,’ ती पीडितले भने ।
ग्रीसमा तिनै एजेन्टले नजरबन्दजस्तै अवस्थामा राखेर गाउँतिर कृषि कार्यमा खटाउने र उसैले पारिश्रमिकको ७०–८० प्रतिशत लिने गरेको ती पीडित बताउँछन् ।
आफूहरूसँग राहदानी वा परिचय खुल्ने कुनै कागजातसमेत नरहेको उनको भनाइ छ । ‘कहाँ उजुर गर्ने ? कसरी गर्ने ? हामीसँग केही छैन,’ उनले भने, ‘मोबाइलसमेत प्रयोग गर्न पाइएको छैन । घरमा सम्पर्क गर्नसमेत गाह्रो छ ।’
उनले रातोपाटीसँग ह्वाट्सएपमार्फत आफ्ना पीडा सुनाए पनि उक्त मोबाइलसमेत केहीबेरका लागि आफूले एक जना साथीसँग मागेर प्रयोग गरेको जानकारी दिए । ‘यसरी कुरा गरेको थाहा पायो भने शारीरिक यातनासमेत दिन्छ,’ उनले भने ।
गैर आवासीय नेपाली संघ माल्टाका अध्यक्ष रेम्स खनालले पनि पछिल्लो समय ग्रीसमा अवैध रूपमा पुगेका नेपालीमा अत्यधिक समस्या देखिएको बताए । ‘ग्रीसमा पुगेका नेपालीहरू समस्यामा परेको भन्ने प्रशस्त सुनेका छौँ,’ उनले रातोपाटीसँग भने । समस्या बढ्दै गएको भन्ने जानकारी विभिन्न माध्यमबाट आइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण