नेपाल तरुण दल काठमाडौँमा अधिवेशनका लागि खटाइयो प्रतिनिधि
सारांश
- नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले अधिवेशन प्रक्रियालाई तीव्रता दिएको छ।
- जिल्ला कार्यसमितिले अधिवेशन सम्पन्न गर्न प्रतिनिधि खटाएको छ र कार्यदलहरूलाई सक्रिय बनाएको छ।
- अधिवेशन युवा नेतृत्वलाई सशक्त बनाउन र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न केन्द्रित छ।
काठमाडौँ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल काठमाडौँले वडा, नगर, प्रदेश निर्वाचन क्षेत्र र सङ्घीय निर्वाचन क्षेत्रसम्मको अधिवेशन प्रक्रियालाई तीव्रता दिएको छ । यसका लागि आवश्यक समन्वय सुरु गरेको छ ।
नेपाल तरुण दल जिल्ला कार्यसमितिले सम्बन्धित तहमा मातृ पार्टी (नेपाली कांग्रेस) र दलका प्रमुखसँग समन्वय गरी अधिवेशन सम्पन्न गर्नका लागि प्रतिनिधि खटाएको काठमाडौँ जिल्ला अध्यक्ष कृष्णजी खड्काले जानकारी दिएका छन् । अधिवेशन प्रक्रिया निर्धारित समयमै सम्पन्न गर्न कार्यदल र संयन्त्रहरूलाई सक्रिय बनाइएको पनि उनले जानकारी दिए ।
‘अधिवेशन हाम्रो सङ्गठनको जीवनशैली हो,’ तरुण दलका काठमाडौँ अध्यक्ष खड्काले भने, ‘युवा नेतृत्वलाई सशक्त बनाउने र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न हामी अघि बढेका छौँ ।’
जिम्मेवारी पाएका प्रतिनिधिहरूलाई तत्काल सदस्यता वितरणको बाँकी काम अघि बढाउन अनुरोध गरिएको छ भने निर्धारित समय सीमाभित्र अधिवेशन प्रक्रियालाई टुङ्ग्याउन जोड दिइएको छ।
नेपाल तरुण दलले आगामी निर्वाचनलाई समेत लक्षित गर्दै सङ्गठनलाई नयाँ जोस, उत्साह र नीतिगत स्पष्टतासहित अघि बढाउने योजनामा छ । युवा पुस्तालाई राजनीति र नेतृत्व विकासमा संलग्न गराउने उद्देश्यसहित अधिवेशनलाई सफल बनाउने तयारी भइरहेको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन
-
जापानद्वारा पुनः प्रयोगयोग्य रकेटको पहिलो परीक्षण उडान सफल
-
सगरमाथा वृक्षरोपण अभियान : पर्वतमा दुई हजारभन्दा बढी बिरुवा रोपियो
-
बेल्बासे वंश समाजमा नयाँ नेतृत्व
-
गण्डकी प्रदेशमा राइड सेयरिङको दर्ता खुल्यो, ३० दिनभित्र गर्न सरकारी सूचना
-
नेपाली साहित्य नारीरत्न : गीताकेशरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण