आरसीबी फ्यान क्लब नेपालद्वारा नेपाली क्रिकेटर आसिफ शेखलाई हस्ताक्षरित आरसीबी जर्सी प्रदान
सारांश
- आरसीबी फ्यान क्लब नेपालले क्रिकेटर आसिफ शेखलाई सम्मान गरेको छ।
- क्लबले आसिफ शेखसँगको अन्तर्वार्तामा क्रिकेट यात्रा, कोहलीप्रतिको सम्मानबारे छलफल गर्यो।
- सम्मानस्वरूप, आसिफलाई विराट कोहलीको हस्ताक्षरसहितको आरसीबी जर्सी प्रदान गरियो।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको लोकप्रिय फ्रेन्चाइज टोली रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) को नेपालस्थित आधिकारिक मान्यता प्राप्त समर्थक समूह आरसीबी फ्यान क्लब नेपालले नेपाली राष्ट्रिय टोलीका क्रिकेटर आसिफ शेखलाई विशेष सम्मान प्रदान गरेको छ।
श्रावण २२ गते क्लबले राष्ट्रिय टोलीका विकेटकिपर ब्याट्सम्यान आसिफ शेखसँग विशेष अन्तर्वार्ता सम्पन्न गरेको थियो। उक्त अन्तर्वार्तामा आसिफले आफ्नो क्रिकेट यात्रा, नेपाली क्रिकेटको वर्तमान अवस्था, सुधारका सम्भावना, विराट कोहलीप्रतिको सम्मान र आरसीबीप्रतिको व्यक्तिगत लगावबारे आत्मीय ढङ्गले विचार व्यक्त गरेका थिए। उनले आफू आरसीबीको पुरानै फ्यान भएको बताउँदै विराट कोहलीलाई प्रेरणाको स्रोतका रूपमा व्याख्या गरे।
अन्तर्वार्ता पश्चात् आरसीबी फ्यान क्लब नेपालले उनलाई आरसीबी फ्रेन्चाइजबाट पठाइएको विशेष जर्सी प्रदान गरेको हो। उक्त जर्सीमा विराट कोहलीसहित टिमका अन्य खेलाडीहरूको हस्ताक्षर रहेको छ। क्लबले सो जर्सी आसिफलाई ‘ूटोकन अफ अप्रिसिएसन’ का रूपमा कृतज्ञता र सम्मान प्रकट गर्न हस्तान्तरण गरेको जनाएको छ।
आरसीबी फ्यान क्लब नेपालले विगत एक वर्षदेखि नेपाली समर्थकहरूलाई एकजुट गर्दै फोटो र भिडियो प्रतियोगिता, इन्डोर क्रिकेट प्रतियोगिता, लाइभ स्क्रिनिङ, क्विज सेसन लगायतका विविध अनलाइन तथा अफलाइन कार्यक्रम आयोजना गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण