उपसभापति खड्का र दुई महामन्त्रीसँगको छलफलमा देउवा
सारांश
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्दै छन्।
- छलफलको मुख्य विषय पार्टी सांसद रामहरि खतिवडाको विषयमा के गर्ने भन्ने रहेको छ।
- संसदीय छानबिन समितिले नैतिक जिम्मेवार ठहर गरेपछि राजीनामाको विषयमा छलफल भइरहेको छ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग अहिले छलफल गरिरहेका छन् । आफ्नो निवास बुढानीलकण्ठमा देउवाले करिब एक घण्टादेखि छलफल गरिरहेको निकट स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार पार्टी सांसद तथा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको विषयमा के गर्ने भन्ने मुख्य विषयमा छलफल भइरहेको हो । खतिवडालाई ‘कुलिङ अफ पिरियड’ मा राज्य व्यवस्था तथा सुशासन समिति र प्रतिनिधिसभाले पास गरेको व्यवस्था निष्क्रिय पार्ने वाक्यांश परेको विषयमा संसदीय विशेष छानबिन समितिले नैतिक जिम्मेवार भएको ठहर गरेको छ ।
छानबिन समितिले नैतिक जिम्मेवार ठहर गरेपछि राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने आवाज सत्तारुढ दल नेकपा एमाले र विपक्षी दलका नेताहरूले गर्दै आएका छन् । तर, खतिवडाले भने छानबिन समितिले निर्णय गरेकै दिन पार्टी नेतृत्वसँग सल्लाह गरेर कसरी अगाडि बढ्ने भन्ने तय गर्ने बताएका थिए ।
त्यो बाहेक बैठकमा मन्त्रीहरूको कार्यसम्पादन पार्टी महाधिवेशनको प्रक्रिया तथा कार्यसम्पादन समितिको बैठक बोलाउनेबारे छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण