भारतबाट आयात रोक्न बुटवलका युवाले सुरु गरे जनै उद्योग
सारांश
- बुटवलका युवाहरूले भारतबाट आउने जनै आयात रोक्न उद्योग स्थापना गरेका छन्।
- उद्योगले वार्षिक १५ लाख जनै र ५ टनभन्दा बढी रक्षाबन्धन उत्पादन गर्छ, जसमा १२५ जनाले काम गर्छन्।
- उद्योगले नेपाल र विदेशमा जनै निर्यात गर्ने लक्ष्य राखेको छ, वार्षिक ५ करोड जनै खपत हुने अनुमान छ।
बुटवल । बुटवलका युवाहरूले भारतबाट आयात रोक्ने उद्देश्यका साथ जनै उद्योग स्थापना गरेका छन् । नेपालमा वार्षिक करोडौँको जनै खपत हुने तर स्वदेशी उत्पादन निकै कम रहेको अवस्थामा बुटवलका ज्योतिष जनार्दन न्यौपानेसहितका युवाहरूले सो उद्योग स्थापना गरेका हुन् ।
उनीहरूको सो उद्योगले विदेशी आयात कम गर्न योगदान दिने लक्ष्य राखिएको छ । सो उद्योगले हाल वार्षिक १५ लाख जनै र ५ टनभन्दा बढी रक्षाबन्धन उत्पादन गर्न थालेको छ । १५ वर्षसम्म साउदीमा बसेका युवा लोकप्रसाद काफ्ले यस उद्योगमा जोडिएका छन् ।
_2mANp3q2AC.jpg)
२५ लाख लगानीबाट सुरु गरिएको उद्योगमा ज्योतिष न्यौपाने, काफ्ले र सुन्दर भण्डारीको लगानी रहेको छ। ज्योतिष न्यौपानेकाअनुसार उद्योगमा जनै बनाउनेको सङ्ख्या १२५ जना रहेको छ । उद्योगमा जनै बनाउनका लागि आवश्यक तालिम पनि दिइन्छ । तालिमपछि घरमै बसेर फुर्सदमा जनै बाट्नेहरू समेत जोडिएको उनले बताए ।
ज्योतिष न्यौपानेले भने– ‘कपिलवस्तु, सैना मैना, तिलोत्तमा लगायतका बासिन्दाहरूले जनै बनाउने गर्नुभएको छ, उहाँहरुले घरमै काम गरेर मासिक २५ हजार रुपैयाँसम्म कमाउनुहुन्छ ।’
_tHacM7MRbC.jpg)
उद्योगमा शास्त्रीय विधि र परम्पराअनुसार पूर्ण सरा र शिखा भएका जनै उत्पादन हुने गरेको न्यौपानेले बताए । उक्त उद्योगबाट ५४ सरा सहितका जनै उत्पादन गरेर नेपाल तथा विदेशमा समेत निर्यात गर्न थालिएको छ । विदेशबाट ल्याइने प्रायः जनै शास्त्रीय विधि र परम्पराअनुसार पूर्ण सरा र शिखा भएका नहुने गरेकोले त्यस्ता जनै उत्पादन गर्न थालिएको उनको दाबी छ ।
_B3MDxmW2wu.jpg)
पूजा सामाग्रीको कारोबारमा संलग्न रहँदै आएका ज्योतिष न्यौपानेका अनुसार नेपालमा वर्षेनी करिब ५ करोड जनै खपत हुने अनुमान छ । उत्पादन भएका जनै नेपालमा मात्रै नभएर विदेशमा रहेका नेपाली माझ पनि पुर्याउने लक्ष्य रहेको उनले बताए । जनैको बजारीकरण मेची–महाकाली सम्म पुग्ने उद्योगमा सहकार्य गरेका अर्का युवा सुन्दर भण्डारीले जानकारी दिए ।
_xmdpiok9py.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालयको बोर्डबाटै 'यातायात' शब्द गायब गरियो : अध्यक्ष सिटौला
-
दोहोरी साँझ नजिकै भएको कुटपिटबाट युवकको मृत्यु, चार जना पक्राउ
-
दीपक भट्ट र सुलभ अग्रवालको आज विशेष अदालतमा थुनछेक बहस
-
सम्झौताको अस्पष्टताले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि उकालो, बजारमा अझै संशय
-
सुधार नगरे काठमाडौँको सडक ठप्प हुने ट्राफिक प्रहरीको चेतावनी, नियम मिच्नेलाई ५० हजारसम्म जरिवाना प्रस्ताव
-
अमेरिकामा वायुसेनाको बी-५२ बमवर्षक विमान दुर्घटना, दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण