गुडलाईफ म्याङ्गो जुस अब अमेरिकामा
काठमाडौं । गुडलाईफ बेभरेजको उत्पादन गुडलाइफ म्याङ्गो जुसलाई अमेरिकामा निर्यात गरेको छ । छोटो समयमा नै नेपालमा रहेका नेपालीहरुको मन जित्न सफल यो जुसले आफ्नो लोकप्रियतालाई ध्यानमा राखी अमेरिकामा पनि निर्यात गरेको जनाएको छ ।
अब गुडलाइफ म्याङ्गो जुसको स्वाद अमेरिकामा पनि लिन सकिनेछ । उत्कृष्ट म्याङ्गो पल्पहरु छनौट गरी बनाइएको यस म्याङ्गो जुसको स्वादलाई स्वदेशमा जसरी विदेशमा पनि रुचाइने विश्वास कम्पनीले लिएको छ । नकुहिने गरी सुरक्षितसँग टेट्रा प्याकमा प्याकिङ्ग गरिएको यस गुडलाइफ म्याङ्गो जुसलाई गुडलाईफ बेभरेजद्वारा नेपालमै उत्पादन गरिएको हो ।
नेपाली बजारमा २०० एम.एल. गुडलाइफ म्याङ्गो जुसको मूल्य रु.२५ तोकिएको छ । नेपाली उत्पादनहरुले यसरी आफ्नो उत्पादनहरु अमेरिका जस्तो देशमा निर्यात गर्नु भनेको नेपाली उद्योग क्षेत्र र सारा नेपालीहरुको लागि एउटा गर्वको विषय भएको कम्पनीले बताएको छ । गुडलाइफको जुस मात्र नभई बिस्कुट र चकलेटहरु पनि नेपाली बजारमा उतिकै लोकप्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीको दाबीमा ऊर्जामन्त्रीको जवाफ : २० होइन, ऊर्जामा पहिलो सल्लाहकार नियुक्त !
-
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा, सावधानीपूर्वक सवारी चलाउन आग्रह
-
आयुक्तहरूको कार्ययोजना : प्रविधि र विदेशमा मतदानको एजेन्डा, सांसदका प्रश्न– कसरी पत्याउने ?
-
नेपालको अबको साझा एजेन्डा लगानी मात्रै हो : अर्थमन्त्री
-
कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक
-
कांग्रेस आधिकारिकता विवादः असन्तुष्ट पक्षको दोस्रो पुनरावलोकन निवेदन सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण