भूमि विधेयक पारित हुन सकेन, सांसदले शंका गरेपछि बैठक स्थगित
सारांश
- भूमि विधेयक आइतबार संसदीय समितिमा पारित हुन सकेन, सदस्यहरूको आशंकापछि बैठक स्थगित भयो।
- संशोधित दफा १२ (छ) मा डीपीआर र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनबारे छलफल भएको थियो।
- सांसदहरूले परिमार्जनसहित यथावत् राख्न माग गरेपछि मंगलबार पुनः बैठक बस्ने भयो।
काठमाडौँ । संसदीय समितिमा विचाराधीन भूमि विधेयक आज पनि पारित हुन सकेन । संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आइतबार मन्त्रालयले पेस गरेको संशोधित प्रतिवेदनमा समितिका सदस्यहरूले आशंका गरेपछि अध्ययनका लागि भन्दै बैठक स्थगित गरिएको हो।
समितिमा आइतबार संशोधित दफा १२ (छ) मा छलफल भएको थियो । यसअघि उक्त दफामा हदबन्दीभन्दा धेरै जग्गा लिनुअघि डीपीआर तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्नुपर्ने व्यवस्था रहेको थियो । संशोधित दफामा स्वीकृत गराउनुपर्ने व्यवस्थाको सट्टा ‘स्वीकृत प्रतिवेदन पेस गर्नुपर्ने’ उल्लेख गरिएको थियो ।
मन्त्रालयले यस्तो प्रतिवेदन स्वीकृत गराउने आफू आधिकारिक निकाय नभएकोले यस्तो व्यवस्था हटाएको थियो । तर, सांसदले राखेको संशोधनमा यसलाई केही ‘परिमार्जनसहित यथावत् राख्न’ माग गरेका थिए ।
प्रस्तावित संशोधनमा अध्ययन गर्न पाउनुपर्ने मागपछि समिति सभापतिले बैठक स्थगित गराएकी छिन् । अब उक्त छलफलका लागि मङ्गलवार बैठक बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक नियम तोडेपछि रास्वपा सांसद बब्लु गुप्तालाई जरिमाना
-
बाल मन्दिरको सम्पत्ति हिनामिना : ८ जनाविरुद्ध ठगी मुद्दा दायर
-
सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल
-
जनकपुरका गुठी जग्गा र पोखरी अतिक्रमणको खोजी सुरु, सात दिनभित्र खाली गर्न सूचना
-
ट्वाइलेट सिटको पानी पिउने प्रतियोगिता आयोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण