शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

ट्राफिक नियम तोडेपछि रास्वपा सांसद बब्लु गुप्तालाई जरिमाना

शुक्रबार, ०८ साउन २०८३, १२ : २३
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले जरिमाना तिराएको छ ।
  • गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई रु पाँच सय जरिमाना तिराइएको हो ।
  • आलोचना बढेपछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो व्यवहारप्रति दुःख व्यक्त गर्दै क्षमा मागेका छन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वमन्त्री बब्लु गुप्तालाई ट्राफिक प्रहरीले जरिमाना तिराएको छ । 

गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई रु पाँच सय जरिमाना तिराइएको हो । 

सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने गुप्ताको उक्त स्टन्ट शैलीको भिडियो सार्वजनिक भएसँगै उनको चौतर्फी आलोचना भइरहेको छ।

आलोचना बढेपछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो व्यवहारप्रति दुःख व्यक्त गर्दै क्षमा समेत मागेका छन्। आफ्नो बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैँ महसुस गरेको छु।’

आफूबाट गल्ती भएको स्वीकार गर्दै उनले अगाडि लेखेका छन्, ‘अब यही जोस र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु!’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप