बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
बिहीबार, ०७ साउन २०८३, २२ : ३५
सारांश
- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा घरायसी विवादका क्रममा बाबुले चक्कु प्रहार गर्दा छोराको मृत्यु भएको छ ।
- ४५ वर्षीय सहसराम चौधरीले चक्कु प्रहार गर्दा २१ वर्षीय छोरा सरोज चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।
- प्रहरीले चक्कु प्रहार गर्ने बाबु सहसराम चौधरीलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । रुपन्देही घरायसी विवादका क्रममा बाबुले चक्कु प्रहार गर्दा छोराको मृत्यु भएको छ । बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनिहवामा ४५ वर्षीय सहसराम चौधरीले चक्कु प्रहार गर्दा उनका छोरा २१ वर्षीय सरोज चौधरीको मृत्यु भएको हो ।
घरायसी विवादका क्रममा सहसरामले सरोजमाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका सरोजको उपचारका क्रममा मृत्यु भएको हो । सरोजलाई क्रिमसन अस्पतालमा सामान्य उपचात पछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको थियो ।
उनको साँझ १६ः ४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्ने सहसराम चौधरीलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण