पक्राउ
सहकारी ठगी आरोपमा सहायक क्याम्पस प्रमुख पक्राउ
आइतबार, २५ साउन २०८२, २० : ४४
काठमाडौँ । प्रहरीले लमजुङको बेसिशहर स्थित मर्स्याङ्दी क्याम्पसका सहायक क्याम्पस प्रमुखलाई पक्राउ गरेको छ । सहायक क्याम्पस प्रमुख पदमबहादुर रावत आइतबार पक्राउ परेका हुन् ।
सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा अनुसन्धान गर्न रावतलाई पक्राउ गरिएको लमजुङका डीएसपी रेशम बोहराले रातोपाटीलाई बताए । रावत सहितको समूहले सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोप छ । अपचलनमा सञ्चालक समिति, ऋण उप समिति र लेखा समितिका सदस्यहरू संलग्न देखिएका छन् ।
रावत विरुद्ध प्रहरीले अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्कले गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
-
स्पेनसँगको सबै व्यापारिक सम्बन्ध तोड्न ट्रम्पको आदेश
-
सर्भिस लेन कि पार्किङ स्पट ?
-
उद्योगी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार तयार छ : प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण