वडाध्यक्षले दलित युवकमाथि दुर्व्यवहार गरेको आरोप
सारांश
- डडेल्धुराको परशुराम नगरपालिकाका वडाध्यक्ष दिनेश प्रसाद जोशीले एक दलित युवकलाई दुर्व्यवहार गरेको आरोप लागेको छ।
- युवकले बिरामी भाइलाई अस्पताल लैजाँदै गर्दा वडाध्यक्षले अभद्र व्यवहार गरेको बताएका छन्।
- नेपाल दलित मुक्त मोर्चाले घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेको छ।
काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिका–८ का वडाध्यक्ष दिनेशप्रसाद जोशीले एक दलित युवकलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । वडाध्यक्ष जोशीले सोही वडाका २४ वर्षीय लोकेन्द्र लुहार (विक)लाई स्थानीय द्वारिक चोक नजिकै दुर्व्यवहार गरेको आरोप लागेको हो ।
बिरामी भाइलाई मोटरसाइकलमा राखेर अस्पताल लैजादै गर्दा वडाध्यक्षले अभद्र व्यवहार गरको उनले बताए । अभद्र व्यवहार भएको विषयमा इलाका प्रहरी कार्यालय जोगबुढामा छलफल समेत भएको पाइएको छ । यद्यपि आपसी छलफलबाट विवाद समाधान भइसकेको अध्यक्ष जोशीले बताए ।
तर, नेपाल दलित मुक्ति मोर्चा डडेल्धुराका अध्यक्ष धर्मेन्द्र नेपालीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत घटनाबारे कडा आपत्ति जनाउँदै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न चेतावनी दिएका छन् ।
‘यसरी सार्वजनिक स्थान बाटोघाटोमा दलितका छोराछोरी माथि चप्पल हानिन्छ, न्यायका लागि प्रहरीमा जाँदा पनि न्याय मिल्दैन भने यस्तो विभेद र हिंसा कदापि सह्य हुने छैन’, भनेर प्रतिक्रिया दिएका छन् ।
वडाध्यक्ष जोशीले लुहारसँग सामान्य विवाद भएको तर घटनालाई अनावश्यक उचाल्न खोजिएको रातोपाटीलाई प्रतिक्रिया दिए । ‘बाटो हिँडिरहेको मलाई आइतबार ३ जनाले अशोभनीय टिप्पणी गरेका थिए । यसमा सामान्य विवाद भएको हो । अनावश्यक उचाल्ने काम राम्रो होइन’, उनले भने। उनले घटनापछि प्रहरी चौकीमा छलफल हुँदा लुहारले गल्ती स्वीकारेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण