शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सिन्धु जल सन्धि विवाद : ४८ घन्टायता पाकिस्तानका तीन नेताले भारतलाई दिए धम्की

बुधबार, २८ साउन २०८२, १७ : ३४
बुधबार, २८ साउन २०८२

सारांश

  • पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतलाई पानी रोक्ने धम्की दिए जीवनभर नबिर्सने चेतावनी दिए।
  • पूर्व विदेशमन्त्री बिलावल भुट्टोले सिन्धु जल सन्धि निलम्बन गरे युद्धको विकल्प नरहने बताए।
  • पछिल्लो ४८ घण्टामा तीन पाकिस्तानी नेताहरूले भारतलाई धम्की दिएका छन्, जसले दुई देशबीच तनाव बढाएको छ।

इस्लामाबाद । सिन्धु जल सन्धि स्थगित गर्ने विषयलाई लिएर पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतलाई कडा शब्दमा धम्की दिएका छन् । यदि भारतले पाकिस्तानतर्फ बग्ने पानी रोक्ने प्रयास गरे 'जीवनभर नबिर्सने गरी पाठ सिकाउने' उनले चेतावनी दिएका हुन् । 

मंगलबार राजधानी इस्लामाबादमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शरीफले भने, 'दुश्मनले पाकिस्तानबाट एक थोपा पानी पनि खोस्न सक्दैन । तपाईंले हामीलाई पानी रोक्ने धम्की दिनुभयो, तर यस्तो प्रयास गरिए पाकिस्तानले तपाईंलाई जीवनभर नबिर्सने पाठ सिकाउनेछ ।' 

शरीफले भारतले पानी रोक्ने कुनै पनि प्रयास सिन्धु जल सन्धिको ठाडो उल्लंघन हुने बताए । उनले थपे, 'यस्तो कदमको जवाफ निर्णायक तरिकाले दिइनेछ । पानी पाकिस्तानको जीवनरेखा हो र अन्तर्राष्ट्रिय सम्झौताअन्तर्गत देशले पाएको अधिकारमा कुनै सम्झौता गरिने छैन ।' 

बिलावलले पनि युद्धको धम्की दिए

प्रधानमन्त्री शहबाज शरीफभन्दा अगाडि पाकिस्तानका पूर्वविदेशमन्त्री बिलावल भुट्टो जरदारीले पनि भारतलाई युद्धको धम्की दिएका थिए । सोमबार एक बयानमा उनले भनेका थिए, 'यदि भारतले सिन्धु जल सन्धि निलम्बन गर्‍यो भने पाकिस्तानसँग युद्धबाहेक अर्को कुनै विकल्प बाँकी रहने छैन ।' 

सिन्ध प्रान्तको एक कार्यक्रममा भुट्टोले मोदी सरकारको कदमले पाकिस्तानलाई ठुलो नोक्सानी पुगेको बताएका थिए । उनले दाबी गर्दै भने, 'पाकिस्तानका जनता आफ्ना नदीहरू फिर्ता लिन युद्ध गर्न सक्षम छन् ।'

४८ घण्टामा ३ नेताद्वारा भारतलाई धम्की

सिन्धु जल सम्झौताको विषयलाई लिएर पछिल्लो ४८ घण्टामा तीन प्रमुख पाकिस्तानी नेताहरूले भारतविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएका छन्। धम्की दिनेहरूमा प्रधानमन्त्री शहबाज शरीफ, पूर्वविदेशमन्त्री बिलावल भुट्टो र सेना प्रमुख आसिम मुनीर सामेल छन् । यसले दुई देशबिच थप तनाव चर्किएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप