युद्ध अन्त्यका लागि सबै विकल्प प्रयोग गर्ने राष्ट्रपति ट्रम्पको तयारी : ह्वाइट हाउस
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धलाई शान्तिपूर्ण रूपमा अन्त्य गर्न सबै सम्भावित विकल्पहरू प्रयोग गर्ने ह्वाइट हाउसले जनाएको छ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले फक्स न्युजसँग कुरा गर्दै भनिन्, ‘राष्ट्रपति ट्रम्पले यो युद्धको शान्तिपूर्ण समाधानका लागि सबै प्रयास गर्नुहुनेछ ।’
उनका अनुसार ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच अलास्कामा हुने वार्तामा वान टु वान भेटवार्ता, दुवै पक्षको प्रतिनिधिमण्डलबिचको द्विपक्षीय मध्याह्न भोजन, र त्यसपछि संयुक्त पत्रकार सम्मेलन हुनेछ।
‘त्यो बैठकपछि के हुन्छ भन्ने कुरा राष्ट्रपति ट्रम्पको निर्णयमा निर्भर रहनेछ,’ लेभिटले भनिन्। उनले ट्रम्पसँग ‘कयौँ विकल्प’ रहेको बताउँदै यो युद्ध अन्त्यका लागि कूटनीति र वार्तालाई प्राथमिकता दिने इच्छा रहेको उल्लेख गरिन्। ‘जरुरी परेमा राष्ट्रपति ट्रम्पसँग प्रतिबन्धलगायतका धेरै उपायहरू पनि छन्,’ उनले थपिन्।
यता, राष्ट्रपति ट्रम्पले फक्स न्यूज रेडियोसँग कुरा गर्दै भोलि हुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्ताबारे प्रतिक्रिया दिएका छन्।
ट्रम्पका अनुसार यदि भोलिको बैठक ‘राम्ररी’ सम्पन्न भयो भने उनले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलिन्स्कीलाई दोस्रो बैठकका लागि निमन्त्रणा गर्नेछन्। उनले यस्तो बैठक अलास्कासहित विभिन्न स्थानमा हुन सक्ने सङ्केत गरेका छन्।
तर, पत्रकारहरूले जेलिन्स्की तत्कालै थप वार्ताका लागि तयार छन् कि छैनन् भन्ने प्रश्न गर्दा ट्रम्पले यसबारे अनुमान गर्न मानेनन्। संयुक्त पत्रकार सम्मेलनको सम्भावनाबारे बोल्दै ट्रम्पले भने, ‘यदि सबै कुरा योजना अनुसार भयो भने पुटिनसँगै पत्रकारहरूसँग कुरा गर्नु राम्रो हुनेछ।’ तर, बैठक सफल नभए आफू एक्लै पत्रकारहरूसँग कुरा गरेर अमेरिका फर्किने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्नुकर हाउसको आवरणमा लागु औषध कारोबार, सञ्चालक दाजुभाइसहित ३ जना पक्राउ
-
स्टक ब्रोकर एशोसिएनद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेटवार्ता
-
कर्णाली नदीमा यात्रुवाहक हाइस खस्यो
-
पानीधारामा सुख्खा पहिरो, मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध
-
सीटीइभीटीको एकेडेमिक काउन्सिलमा ४ जना विज्ञ नियुक्त
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीको चिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण