भारतीय विदेश सचिव मिस्री आइतबार नेपाल आउने
सारांश
- भारतीय विदेश सचिव विक्रम मिस्री भोलि नेपाल भ्रमणमा आउने भएका छन्।
- उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन आउन लागेका हुन्।
- भ्रमण भदौ १ देखि २ गतेसम्म हुनेछ, जसमा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल हुनेछ।
काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री भोलि नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन उनी नेपाल आउन लागेको बताइएको छ ।
प्रधानमन्त्री ओलीले भदौ ३१ देखि दुई दिनसम्म भारतको भ्रमण गर्ने यसअघि नै अनौपचारिक रूपमा समाचार सार्वजनिक भइसकेको छ । प्रधानमन्त्री ओलीलाई औपचारिक निम्ता दिनका लागि भारतीय विदेश सचिव मिस्री नेपाल आउन लागेका स्रोतले जनाएको छ ।
परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री भदौ १ देखि २ गतेसम्म नेपाल भ्रमणमा रहने भारतीय विदेश मन्त्रालयले आज विज्ञप्तिमार्फत जनाएको छ ।
भारत र नेपालबिचको सम्बन्ध ऐतिहासिक, घनिष्ठ र मित्रतापूर्ण रहेको जनाउँदै विदेश मन्त्रालयले हालैका वर्षहरूमा दुवै देशबिच विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति भएको जनाएको छ । भारतले आफ्नो छिमेकी पहिलो नीति अन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिने गरेको समेत विदेश मन्त्रालयले जनाएको छ ।
विदेश सचिव मिस्रीको यसपालिको भ्रमणले नेपाल–भारतबिच नियमित रूपमा हुने उच्चस्तरीय आदान–प्रदानलाई निरन्तरता दिने र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन अवसर दिलाउने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण