भदौ महिनालाई सेयर बजारले देखायो रातो झण्डा, बजारमा २७ अङ्कको गिरावट
काठमाडौँ । भदौ महिनाको पहिलो दिन सेयर बजार परिसूचक नकारात्मक देखिएको छ । साताको पहिलो दिन बजार परिसूचक (नेप्से) २७.१४ अङ्कले घटेकाे हाे । शून्य दशमलव ९७ प्रतिशतको गिरावटपछि आज नेप्से परिसूचक दुई हजार ७६१ दशमलव २२ को बिन्दुमा कायम भएको हो ।
आइतबार बजारमा ७ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा दिनभरिमा कुल ३१७ वटा कम्पनी २ करोड ५ लाख कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका कम्पनीहरूमध्ये अधिकांशको सेयर मूल्यमा गिरावट आएको छ। कुल ५८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९१ वटा कम्पनीको मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रह्यो । उक्त कम्पनीको ५१ करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेको तथ्याङ्क छ । त्यसपछि क्रमशः हिमालयन रिइन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाले सर्वाधिक कारोबार गरे ।
आज बजारमा सबै परिसूचक नकारात्मक रहे । त्यसमध्ये बैंकिङ पाँच समूहका सूचक १ प्रतिशत भन्दा धेरैले घट्दा बाँकीमा त्योभन्दा कम गिरावटको अवस्था रह्यो ।
समग्र बजार नकारात्मक भए पनि केही कम्पनीका लगानीकर्ताले भने राम्रो कमाएका छन्। आज सबैभन्दा धेरै कमाउनेमा राष्ट्रिय वाणिज्य बैंकको आरबीबी म्युचुअल फण्ड–१ रह्यो । जसको स्क्रिपको मूल्य ७.९३ प्रतिशतले बढेर ११.०३ रुपैयाँ पुगेको छ ।
त्यसैगरी, अपर साङग्जे हाइड्रोपावरको मूल्य ६.२९ प्रतिशत र कालिका पावर कम्पनीको मूल्य ५.९६ प्रतिशतले बढेको छ। सम्पदा लघुवित्तको मूल्य सर्वाधिक ७.५ प्रतिशत घटेर ९८९.८४ रुपैयाँमा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण