शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

अभिनेत्री क्रिस्टिनाले थालिन् बुटिक व्यवसाय

आइतबार, ०१ भदौ २०८२, २० : ५१
आइतबार, ०१ भदौ २०८२

काठमाडौँ । कलाकारहरू पछिल्लो समय एकपछि अर्को व्यवसायमा आउन थालेका छन् । यस्तैमा क्रिस्टिना गुरुङले पनि व्यवसाय थालेकी छन् । 

उनले ‘अमोरा नेपाल’ नामक बुटिक व्यवसाय सुरु गरेकी हुन् । महाराजगञ्जस्थित नारायणगोपाल चोकमा कृष्ण जन्माष्टमीको दिन पारेरसञ्चालनमा आएको उनको बुटिकमा महिलाका लागि विभिन्न डिजाइन र रङ्गका आकर्षक कुर्थादेखि साडीसम्म उपलब्ध छन् ।

क्रिस्टिनाले सामाजिक सञ्जालमा बुटिक व्यवसाय सुरु गरेको जानकारी  दिएकी छन् । ‘कृष्ण जन्माष्टमी मेरो जीवनमा सधैँ विशेष रहँदै आएको छ । 

र यस वर्ष यो अझ अर्थपूर्ण कुराको सुरुवात हो’, उनले अगाडि भनेकी छन् ‘कृष्ण जन्माष्टमीको शुभदिन पारेर यो नयाँ यात्रा सुरु भयो । सबैलाई स्वागत छ ।’ उनको उक्त पोस्टमा प्रशंसकहरूबाट बधाईको ओइरो लागेको छ ।

क्रिस्टिनाले हिट फिल्म ‘प्रेमगीत ३’बाट अभिनयमा डेब्यु गरेकी हुन् । अडिसनबाट फिल्मका लागि छानिएकी थिइन् । त्यसपछि केही फिल्मको अफर अस्वीकार गरेको बताएकी उनी चित्तबुझ्दो कथा आए फिल्म खेल्ने बताउँदै आएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप