चार महिनामा विपद्जन्य घटनामा परेर १३० जनाको मृत्यु
सारांश
- वैशाखदेखि भदौसम्म विपद्का २,८८१ घटना हुँदा १३० जनाको मृत्यु भएको छ।
- प्राधिकरणका अनुसार आगलागी र चट्याङका कारण धेरैको ज्यान गएको छ।
- बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी लगायतका घटनामा मानवीय क्षति भएको छ।
काठमाडौँ । यो वर्षको चार महिना (गएको वैशाख १ देखि आज भदौ १ गतेसम्म) दुई हजार ८८१ विपद्जन्य घटनामा परेर १३० जनाको मृत्यु छ । ती घटनामा परेर चार महिनामा २२ जना बेपत्ता, ५९७ जना घाइते तथा पाँच हजार १४१ परिवार प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थाप प्राधिकरणका प्रवक्ता, उपसचिव शान्ति महतका अनुसार मुख्यगरी आगलागीका बढी घटना भएका छन् भने चट्याङका कारण पनि धेरैको ज्यान गएको छ । प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा बाढीका २२३ घटनामा २१ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन् ।
पहिरोका ३१८ घटनामा १६ जनाको मृत्यु, भारी वर्षाका २८७ घटनामा चार र चट्याङका २४८ घटनामा २९ जनाको मृत्यु भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
यसैगरी, सर्पदंशका ७७ घटनामा ११, आगलागीका एक हजार १२३ घटनामा १५, हावाहुरीका २७७ घटनामा आठ, जनावर आक्रमणका १७४ घटनामा १४ र लेक लागेका ४६ घटनामा १२ जनाको मृत्यु भएको
प्राधिकरणको अभिलेखमा उल्लेख छ । प्राधिकरणले पछिल्लो २४ घण्टामा मात्रै ४४ विपद्का घटना भएकामा तीन जनाको मृत्यु भएको जनाएको छ । ती घटनामा १२ जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण