जनमतद्वारा करेन्ट लागेर ज्यान गुमाएका किसानलाई क्षतिपूर्ति दिन माग
काठमाडौँ । जनमत पार्टीले अव्यवस्थित विद्युतीकरणका कारण करेन्ट लागेर मधेस प्रदेशमा किसानहरूको मृत्यु भएकोबारे नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।
जनमत पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले प्राधिकरणलाई ज्ञापनपत्र बुझाउँदै कृषि विद्युतीकरणलाई तत्काल सुरक्षित र व्यवस्थित बनाउन माग गरेका छन् ।
पछिल्लो पाँच वर्षमा मधेस प्रदेशमा मात्र ४४९ जनाले खेतमा काम गर्ने क्रममा करेन्ट लागेर ज्यान गुमाएको प्रहरीको तथ्यांक रहेको ज्ञापनपत्रमा उल्लेख छ । कृषि विद्युतीकरणका लागि गाडिएका पोल र तारहरूमा कुनै मापदण्ड नअपनाइएको र खेतमा जथाभाबी तारहरू छोडिँदा दुर्घटना बढेको पार्टीले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘खेतमा चिस्यान भइराख्ने हुनाले विद्युत् सर्ट हुने खतरा बढेको र पोलपोलमा डिस्ट्रिब्युसन बक्सको व्यवस्था नभएको हुँदा किसानले आफ्नो कृषि मिटर लुज हुकिङ गर्न बाध्य हुनुपरेकोले अधिकांश दुर्घटना भइरहेको छ ।’ यस्तो अव्यवस्थाले किसानको जीवन जोखिममा परेको भन्दै जनमत पार्टीले मागहरू पूरा नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ ।
कृषि विद्युतीकरणका लागि तत्काल वैज्ञानिक मापदण्ड बनाएर लागू गर्नुपर्ने, खेतमा रहेका हरेक पोलमा तत्काल डिस्ट्रिब्युसन बक्स जडान गर्नुपर्ने, विद्युतीय दुर्घटनाबाट घाइते भएका र ज्यान गुमाएका किसानका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, विद्युतीय कृषि बिमाको व्यवस्था लागू गर्नुपर्ने, किसानहरूलाई कृषि मिटर र त्यसको बिल निःशुल्क गर्नुपर्नेलगायतका माग जनमत पार्टीले राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला नियन्त्रणका लागि ५१ करोड ८० लाख डलर योजना
-
रास्वपा बाजुरा सभापतिमा जैशी पुनःनिर्वाचित
-
तोडियो संवादहीनता, ‘पीएमको जबाफ’ विपक्षीको बटमलाइन बन्दा खुलेन संसद्
-
सुदूरपश्चिम सरकारमा कांग्रेसले टुङ्ग्यायो मन्त्रीका नाम, आजै शपथ
-
वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा
-
६ महानगरले पाए पौने १२ अर्ब अनुदान, पोखरालाई सबैभन्दा धेरै, कसले कति पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण