शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

दयाहाङ राईको ‘मैझारो’मा इन्ट्री, लुक्स सार्वजनिक

मङ्गलबार, ०३ भदौ २०८२, १५ : १०
मङ्गलबार, ०३ भदौ २०८२

काठमाडौँ । फिल्म ‘मैझारो’को सुटिङ सेटबाट अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक गरिएकाे छ । फिल्मको छायाङ्कन अन्तिम चरणमा पुगेको बेला उनी लिम्बू समुदायको भेषमा एक हातले तिर हान्दै गरेको लुक्स सार्वजनिक गरिएको हो ।

निर्माण पक्षले उनको भूमिका बारे केहि खुलाएका छैनन् । यसअघि यो फिल्ममा उनी हुने नहुने बारेमा निर्माण पक्षले केहि खुलाएका थिएनन्। अन्ततः उनी यो फिल्ममा अनुबन्ध भएको बुझिन्छ। फिल्मका निर्देशक विल्सन बिक्रम राईले दर्शकलाई सरप्राइज दिएका छन् ।

यो फिल्मको साउनको पहिलो हप्ताबाट इलामबाट छायाङ्कन सुरु गर्दा मौलिक प्रेम कथामा आधारित यो फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका रहने भनिएको थियो। तर दयाहाङ हुने नहुने निर्माण पक्षले स्पष्ट पारेको थिएन। अन्ततः दया पनि यो फिल्मको मुख्य भूमिकामा देखिने भएका छन् । 

निर्माण पक्षले फिल्मको छायाङ्कन पनि अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। निर्देशक राईकै कथामा निर्माण भइरहेको यो फिल्मको छायाङ्कन नेपालको पूर्वीको इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलहरूमा भएका छन् । 

विल्सन बिक्रमकै फिल्मको कथा र पटकथामा निर्माण भएको यो फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको सङ्गीत रहेको छ भने गायनमा राजेश पायल राई,झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको स्वर सुन्न पाइनेछ ।

सौरभ लामाले छायाङ्कन गरेका फिल्मको वितरण आरआर फिल्मले गर्दै छ र डिजिटल अधिकार ओएसआरले लिएको छ । फिल्म ‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप