पौडी खेल्ने क्रममा म्याग्दी खोलामा फसेका दुई जनाको सकुशल उद्वार
मङ्गलबार, ०३ भदौ २०८२, १९ : ४०
म्याग्दी । पौडी खेल्ने क्रममा म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीस्थित म्याग्दी खोलाको बीच भागमा फसेका दुई युवकको भाद्र ३ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
सोही ठाउँ बस्ने अन्दाजी ३० वर्षीय मिन बहादुर श्रीपाली र २७ वर्षीय कमल श्रीपाली पौडी खेल्ने क्रममा उक्त खोलाको बीच भागमा फसेका थिए ।
सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म म्याग्दीबाट सशस्त्र प्रहरी निरीक्षक आकाश सुचिकारको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले थ्रो ब्याग रोप रेस्क्यु विधि अपनाई दुवै जनाको सकुशल उद्वार गरेको हो ।
उद्वार गरिएका दुवै जनाको अवस्था भने सामान्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण