बज्रबाराही चापागाउँ अस्पतालमा म्याक्सिलोफेसियल सर्जरी सेवा सुरु
मकवानपुर । बज्रबाराही चापागाउँ अस्पतालले मुख, अनुहार र बङ्गाराको शल्यक्रिया सेवा सुरु गरेको छ । बागमती प्रदेश सरकार अन्तर्गतको बज्रबाराही चापागाउँ अस्पतालमा बुधबारबाट उक्त सेवाको सुरुवात गरिएको हो ।
पाटन अस्पतालका विशेषज्ञ डाक्टरसँगको समन्वयमा बज्रबाराही चापागाउँ अस्पतालमा मुख, अनुहार र बङ्गाराको शल्यक्रिया सेवा सुरु गरिएको हो ।
अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. अंकुर पौडेलका अनुसार प्रदेश सरकार मातहतको अस्पतालहरू मध्ये पहिलो पटक मुख, अनुहार र बङ्गाराको शल्यक्रिया सेवा बज्रबाराहीमा सुरु गरिएको हो ।
पाटन अस्पतालका ओरल एण्ड म्याक्सिलोफेसियल सर्जन डा. विकास देशारसंगको समन्वयमा बज्रबाराहीमा मुख, अनुहार र बङ्गारा सम्बन्धित समस्या समाधान गर्नका लागि अत्याधुनिक म्याक्सिलोफेसियल सर्जरी सेवा सुरु गरेको उनले बताए । बुधबार मात्र अस्पतालबाट २ जनालाई सेवा प्रदान गरिएको उनले बताए ।
उक्त सेवा दन्त तथा अनुहार सम्बन्धी जटिल रोगहरूको निदान तथा उपचारका लागि डा. देसारद्वारा सातामा एक पटक प्रदान गरिने जनाइएको छ । डा. देसार पाटन अस्पतालको दन्त विभागका विभाग प्रमुख तथा वरिष्ठ सल्लाहकार समेत हुन् ।
डा. देसारले मुख र अनुहारको क्षेत्रलाई असर गर्ने विभिन्न अवस्थाहरूको शल्यक्रिया, चोटपटकको उपचार, जन्मजात विकृति, ट्युमर, बंगारासम्बन्धी विकृति, मुखभित्रका गाँठागुँठी, अनुहारको संरचनामा आएको विकृति लगायतका समस्याको विशेषज्ञ उपचार प्रदान गर्ने गरेका छन् ।
डा. पौडेलका अनुसार शहरी क्षेत्रसँग नजिक रहेर ग्रामीण भेगका स्थानीयमा सेवा प्रदान गर्दै आएको अस्पतालमा उक्त सेवाको सुरुवातसँगै सहजा महसुस गर्नेछन् । अस्पतालमा सेवा विस्तार गर्दै थप विशेषज्ञ उपचारहरू ल्याउने तयारी रहेको उनको भनाई छ ।
हाल बज्रबाराही चापागाउँ अस्पतालमा आपत्कालीन, बहिरङ्ग बिरामी विभाग, दन्त, ड्रेसिङ, प्रयोगशाला, आन्तरिक बिरामी विभाग, मातृ तथा बाल स्वास्थ्य क्लिनिक, शल्यक्रिया, सामाजिक सेवा एकाइ, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा, परिवार योजना, सुरक्षित गर्भपतन सेवा, सुरक्षित मातृत्व कार्यक्रम सञ्चालनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
-
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा ‘हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ हुँदै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण