नेप्सेमा आज पनि गिरावट, ५ अर्बको कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अङ्कको गिरावट आएको छ । बजार खुलेदेखि नै उतारचढावपूर्ण रहेको नेप्से अन्त्यमा ९.२२ अङ्क घटेर २७५७.९७ को बिन्दुमा बन्द भएको हो ।
परिसूचकसँगै आज कारोबार समेत करिब ५ अर्ब रुपैयाँमा सीमित भएको छ । दिनभरमा कुल ३१९ स्क्रिपका १ करोड ६८ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २ करोड कारोबार भएको हो ।
सर्वाधिक कमाउने कम्पनीमा विकास हाइड्रो सबैभन्दा अगाडि छ । उक्त कम्पनीमा आज ९.९९ प्रतिशत वृद्धिसहित सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै गिरावट भने जनउत्थान सामुदायिक लघुवित्त संस्थाको ४.५६ प्रतिशत बराबर रह्यो ।
कारोबार रकमको आधारमा आज हिमालयन पुनर्बीमा कम्पनीले अग्रता लिएको छ। कम्पनीको २४ करोड ९५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको २० करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ ।
यो साता पाँच दिनमध्ये तीन दिन बजार परिसूचक घट्यो भने २ दिन बढ्यो । योसमेत गरी सातामा बजारमा ३०.३९ अङ्कको गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण