लुम्बिनी लाभाजले ट्रफी टुर र ट्यालेन्ट हन्ट भैरहवामा गर्ने
सारांश
- लुम्बिनी लाभाजले भैरहवामा ट्रफी टुर र ट्यालेन्ट हन्ट कार्यक्रमको आयोजना गर्ने भएको छ।
- ट्यालेन्ट हन्टमा उत्कृष्ट खेलाडीले लुम्बिनी लाभाज टोलीमा सहभागी हुने अवसर पाउनेछन्।
- भदौ २० देखि २८ गतेसम्म पोखरामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग हुँदैछ।
भैरहवा । वात्सल्य एभरेष्ट महिला भलिबल लिगको फ्रेन्चाईज टिम लुम्बिनी लाभाजले प्रतियोगिताको ट्रफी टुर र ट्यालेन्ट हन्ट कार्यक्रम भैरहवामा सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टोली लुम्बिनी लाभाजले भदौ ९ गते रुपन्देहीको भैरहवामा ट्रफी टुर तथा ट्यालेन्ट हन्ट कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
लुम्बिनी लाभाजका अनुसार मायादेवी मन्दिर परिसरमा ट्रफी अनावरण गरी लुम्बिनी प्रदेशका विभिन्न स्थानमा ट्रफी परिक्रमा गराइनेछ । ट्रफी टुर र ट्यालेन्ट हन्टको उद्देश्य प्रदेशभित्र भलिबल खेलप्रतिको जनचासो र स्थानीय समुदायसँगको सम्बन्ध विस्तार गर्नु रहेको क्लबले जनाएको छ ।
ट्यालेन्ट हन्ट कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशका प्रतिभावान् र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले लुम्बिनी लाभाज टोलीमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । टिम व्यवस्थापकका अनुसार ट्यालेन्ट हन्टमार्फत छनोट भएका खेलाडीलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतियोगितामा अवसर प्रदान गरिने लक्ष्य राखिएको छ ।
कार्यक्रमको सम्पूर्ण व्यवस्थापन सिद्धार्थ जेसिसले गर्नेछ । ट्यालेन्ट हन्ट कार्यक्रममा सहभागी हुन इच्छुक खेलाडीहरूले तोकिएको मापदण्ड अनुसार सिद्धार्थ जेसिसमा सम्पर्क गर्नु पर्नेछ ।
यसअघि सम्पन्न अक्सनमार्फत लुम्बिनी लाभाजले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीका साथै कामना विष्ट, अलिसा मानन्धर, शान्तिकला तामा, अनुसा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई टिममा अनुबन्धन गरिसकेको छ । नेपाल भलिबल सङ्घसँगको सहकार्यमा इन्फिनिटी ड्रिम्स प्रा.लि.ले आयोजना गरेको प्रतियोगिता भदौ २० देखि २८ गतेसम्म पोखरामा सञ्चालन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण