सहकारी ठगी मुद्दामा दोषी ठहर भएका मेयर अधिकारीले सर्वाेच्चबाट पाए सफाइ
काठमाडौँ । सहकारी ठगी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएका टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलाई सर्वोच्च अदालतले सफाइ दिएको छ ।
आइतबार सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले नाङ्लो दीप सेभिङ एन्ड को–अपरेटिभ प्रालिमार्फत ठगी गरेको मुद्दामा यस्तो फैसला गरेको हो ।
यसअघि उच्च अदालतले उनलाई दोषी ठहर गरेको थियो । उच्च अदालत पाटनले अधिकारीलाई १८ लाख ३१ हजार जरिवाना तोकेको थियो भने कैदसमेत एक महिना हुने फैसला भएको थियो ।
सहकारीमार्फत २ सय २ जना निक्षेपकर्ताको एक करोड ८३ लाख रुपैयाँभन्दा बढीको ठगी भएको भन्दै ०७१ मा प्रहरीमा जाहेरी परेको थियो । अधिकारी सो सहकारीको उपाध्यक्ष भएकाले प्रहरीले सहकारी ठगीमा प्रतिवादी बनाएर मुद्दा चलाएको थियो ।
यस मुद्दामा उच्च अदालत पाटनबाट ठहर हुने गरी भएको फैसला बदरको माग गर्दै अधिकारी, झुनु शाह, सीतामाया थापा, यनुका बुढाथोकी, देउमाया लिम्बू, प्रतिमा सिटौला र धनमाया श्रेष्ठले पुनरावेदन गरेका थिए । अप्सरा पौडेलसमेतको जाहेरीले नेपाल सरकार पनि पुनरावेदनमा गएको थियो ।
प्रतिवादीहरू श्रेष्ठ, मिलन कार्की, सीतामाया थापा, यनुका बुढाथोकी, दीपक वाग्ले, प्रतिमा सिटौला, झुनु शाह, देउमाया लिम्बूलाई पनि जनही एक महिना कैद तथा जरिवानाको सजाय सुनाइएको थियो । जाहेरवालाहरूले पटक–पटक रकम माग्दा पनि नदिएपछि पीडितहरू प्रहरीमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण