एम्बार्क कलेजलाई दिल्लीमा उदाउँदो बी–स्कुलको उपाधि
काठमाडौँ । इम्बार्क कलेजले अन्तर्राष्ट्रिय स्तरमा अर्को ठुलो सफलता हात पारेको छ। अगस्त १९–२०, २०२५ मा भारतको नयाँ दिल्लीस्थित इरोस होटलमा आयोजित “इलेट्स वर्ल्ड एजुकेशन समिट २०२५” मा इम्बार्क कलेजलाई “इमर्जिङ बी–स्कुल ” उपाधिबाट सम्मान गरिएको हो।
उक्त सम्मानले इम्बार्क कलेजले व्यावसायिक शिक्षा क्षेत्रमा पुर्याएको योगदान, नवीन शैक्षिक दृष्टिकोण, र छोटो अवधिमा प्राप्त उल्लेखनीय प्रगतिको उच्च मूल्याङ्कन गरेको छ।
अन्तर्राष्ट्रिय मञ्चमा इम्बार्क कलेजको पहिचान “यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित हुन पाउँदा हामी अत्यन्त गौरवान्वित छौँ,” इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुरले बताए।
“यो सम्मानले व्यावसायिक शिक्षाको क्षेत्रमा हाम्रो दृष्टिकोण, प्रतिबद्धता र नवचारको प्रमाण प्रस्तुत गर्दछ। हामी विद्यार्थीहरूलाई विश्वस्तरको शिक्षा प्रदान गर्दै जिम्मेवार व्यावसायिक नेतृत्व विकास गर्न प्रतिबद्ध छौँ,” ठाकुरले थपे।
यस सम्मानले कलेजलाई थप प्रेरित गर्दै शैक्षिक कार्यक्रमहरूलाई विस्तार गर्न, अग्रणी उद्योगहरू सँग सहकार्य बढाउन र विद्यार्थीहरूलाई अझ सशक्त बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण